बिर्तामोड। जेम्स फिटनेस सेन्टर बिर्तामोड-२ चारपानेले दशैं तिहार छठ लगायतको शुभकामना आदान प्रदानसहित सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
सांस्कृतिक कार्यक्रम कात्तिक १ गते आइतबार बिहान ११ बजेदेखि चारपाने चौकमा खुल्ला सांस्कृतिक कार्यक्रम हुने जेम्स फिटनेस सेन्टरका सञ्चालक जेम्स उप्रेतीले बताए।
राष्ट्रिय कलाकार गायिका जुनु रिजाल, गायक रामचन्द्र काफ्ले, टिकटक स्टार सिद्धार्थ क्षेत्रीसहित स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताउंदै उनले सांस्कृतिक कार्यक्रमबाट संकलित रकम क्यान्सरपीडितलाई सहयोग गर्ने जनाए।
विगत डेढ बर्षदेखि चारपानेमा सञ्चालनमा रहेको जेम्स फिटनेस सेन्टरले विविध सामाजिक कार्य गरिरहेको बताउँदै सञ्चालक उप्रेतीले आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिइने जनाए।
कार्यक्रममा सहभागी रोहित ओलीले जेम्स फिटनेस सेन्टर बिर्तामोड-२ चारपानेले दशैं तिहार छठ लगायतको शुभकामना आदान प्रदानसहित आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरेका छन्।




















