बिर्तामोड। झापाको बाह्दशी-५ बुधबारेमा सिर्जना हस्तकला उद्योग सञ्चालनमा आएको छ।
   झापाको बाह्दशी-५ बुधबारेकी सिर्जना ढुङ्गेलले सिर्जना हस्तकला उद्योग सञ्चालनमा ल्याएकी हुन्।
  बिगत ४ बर्षदेखि हस्तकला उद्योगको क्षेत्रमा हात हालेकी उनले त्यसक्षेत्रमा विज्ञता हासिल गरेर सिर्जना हस्तकला उद्योग सञ्चालनमा ल्याएको बताइन्।  
   सिर्जना हस्तकला उद्योगमा क्यान्डल, कृतिम फूलबाट बनेको बुके, बाटेको धूप, कृष्टल माला, श्रृङ्गारका सामग्री, कुसन, व्याच, झिलिमिली फूल , साबुनलगायत उत्पादन गरिने सञ्चालक सिर्जना ढुङ्गेलले बताइन्।
यसैबीच सिर्जना हस्तकला उद्योगको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। हस्तकला प्रशिक्षक अस्मिता संग्रौला खनालले  सिर्जना हस्तकला उद्योगको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा बाह्दशी-५ का वडाध्यक्ष बीरबहादुर राजवंशी, बडा सदस्यहरू जय तिम्सिना, राधिका भट्टराई, डुकाकुमारी विक, वडा महिला समिति सचिव सुनिता सापकोटा खतिवडालगायतले व्यावसायिक सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको सञ्चालन रनमाया तामाङले गरेकी थिइन् ।