बिर्तामोड । टिभिएस कम्पनिको  मोटरसाइकल तथा स्कुटरको  बिर्तामोडका लागी आधिकारिक वितरक पाथीभरा अटोलिंकले सञ्चालन गरेको दशैं तिहार अफर अन्तर्गत   झापा बिर्तामोड– ७ का बद्रीप्रसाद भट्टराईले शतप्रतिशत ‘क्यास ब्याक’ प्राप्त गरेका छन् ।

उनले  घटस्थापनाको दिन  पाथिभरा अटो लिंकमा टिभिएसको रेडर मोटरसाइकल खरिद गर्दा शतप्रतिशत ‘क्यास ब्याक’ प्राप्त गरेको पाथीभरा अटोलिंककी सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर लुना वस्नेतले बताइन् ।

टिभिएसको रेडर मोटरसाइकलको मूल्य ३ लाख १५ हजार ९ सय रुपैयाँ रहेको र भट्टराईले पाथीभरा अटोलिंकले  सञ्चालन गरेको ‘अचम्मैको डिल’  दशैं तिहार अफर  योजनामा  भाग्यशाली उपहार प्राप्त गरेको उनले बताइन् ।

भट्टराईलाई टिभिएसको रेडर मोटरसाइकलको चाबी पाथीभरा अटोलिंककी म्यानेजर पूजा गुरुङले हस्तान्तरण गरेकी थिइन् ।नेपालीहरूको महान चाड बडादसैँको अवसर पारेर घटस्थापनामा विशेष आकर्षक अफरअन्तर्गत बाइक र स्कुटर खरिदमा एसेसोरिज थप गरिएको हो । यस अफरमा ग्राहकहरूको उत्साह देखिएपछि असोज ३१ गतेसम्म सञ्चालन गरिएको छ । योजनामा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।‘यो चाडपर्व टिभिएसको साथमा, भाग्यको चाबी तपाईंको हातमा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको अफरमा हरेक बाइक तथा स्कुटर खरिदमा उपहार पक्का गरिएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, सुनको चाबी वा शतप्रतिशत क्यासब्याकमध्ये एक पक्का उपहार ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक दिनको लक्की ड्रमा दुईजनालाई कम्तीमा पाँच वर्षको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ । नागरिकता वा लाइसेन्सको आधारमा सहज फाइनान्स तथा निःशुल्क हेल्मेट प्रदान गरिने जनाइएको छ। 

 टिभिएस कम्पनिको  मोटरसाइकल तथा स्कुटरको  बिर्तामोडका लागी आधिकारिक वितरक पाथीभरा अटोलिंकले बिर्तामोड पश्चिम बसस्टेण्डमा सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजना आगामी कात्तिक १ गतेसम्म बिस्तार गरिएको पाथीभरा अटोलिंककी सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर लुना वस्नेतले बताइन् । 

गत असोज ४ गतेदेखि पाथीभरा अटोलिंकले बिर्तामोड पश्चिम बसस्टेण्डमा सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजनामा नेपालीहरूको महान चाड बडादसैँको अवसर पारेर घटस्थापनामा विशेष आकर्षक अफरअन्तर्गत   मोटरसाइकल  र स्कुटर खरिदमा एसेसोरिज थप गरिएको उनले बताइन् ।

टिभीएस  कम्पनिको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले कुनैपनि कम्पनिको पुराना मोटरसाइकल वा स्कुटर बिक्री गरी टीभीएस कम्पनिको मोटरसाइकल र स्कुटर खरिद गर्न चाहने ग्राहकहरूका लागि सञ्चालन गरेको ु अचम्मैको डिलु नामक एक्सचेन्ज योजनामा ग्राहकहरुको आकर्षण बढ्नुका साथै ग्राहकहरूको मागलाई मध्यनजर गरेर आगामी कात्तिक १ गतेसम्म सञ्चालन गरिने निर्णय गरिएको पाथीभरा अटोलिंककी सञ्चालक तथा म्यानेजिङ डाइरेक्टर लुना वस्नेतले बताइन् । 

टिभिएस कम्पनिको  मोटरसाइकल तथा स्कुटरको  बिर्तामोडका लागी आधिकारिक वितरक पाथीभरा अटोलिंकले बिर्तामोड पश्चिम बसस्टेण्डमा गत असोज ४ गतेदेखि सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजनामा  कुनैपनि कम्पनिको पुराना मोटरसाइकल वा स्कुटर बिक्री गरी टीभीएस कम्पनिको नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न चाहने ग्राहकहरूको  घुइँचो लागेको  हालसम्म ६०   वटाभन्दा बढी  टिभिएस कम्पनिको मोटरसाइकल तथा स्कुटर बिक्री भएको बताउँदै उनले यो संख्या अझै बढ्ने जनाइन्।

टिभिएसको ‘अचम्मैको डिल’ योजनामा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्ने भएकाले  झापा,ईलाम, पाँचथरलगायतका ग्राहकको उपस्थिति उत्साहजनक रहेको उनको भनाई छ ।

‘यो चाडपर्व टिभिएसको साथमा, भाग्यको चाबी तपाईंको हातमा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको अफरमा हरेक बाइक तथा स्कुटर खरिदमा उपहार पक्का गरिएको बताउँदै सञ्चालक बस्नेतले उक्त अफरअन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, सुनको चाबी वा शतप्रतिशत क्यासब्याकमध्ये एक पक्का उपहार ग्राहकले प्राप्त गर्ने,  हरेक दिनको लक्की ड्रमा दुईजनालाई कम्तीमा पाँच वर्षको निःशुल्क सर्भिसिङ सुविधा दिइने जानकारी दिइन्।

ग्राहकहरूलाई नागरिकता वा लाइसेन्सको आधारमा सहज फाइनान्स तथा निःशुल्क हेल्मेट प्रदान गरिने बताउँदै उनले  बिर्तामोडको पश्चिम बस स्ट्यान्ड छेउमा पाथिभरा अटोलिंकले ल्याएको यस अफरले नयाँ टिभिएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज र किफायती अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

‘अचम्मैको डिल’ विशेष योजना अन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिने बताउँदै उनले यस  योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने ,  किस्ता सुविधा दैनिक रु। १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइने बताइन्।

उनले एकपटक बिर्तामोडको पश्चिम बस स्ट्यान्ड छेउमा पाथिभरा अटोलिंकले सञ्चालन गरेको टिभिएसको ‘अचम्मैको डिल’ योजना बारे बुझेर कुनैपनि कम्पनिको पुराना मोटरसाइकल वा स्कुटर बिक्री गरी टीभीएस कम्पनिको नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सबैलाई आग्रह गरेकी छिन्।