बिर्तामोड ।  झापाको बिर्तामोडमा रहेको  पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स पछिल्लो समय ग्राहकहरूको रोजाईको केन्द्र बन्दै गएको छ।
  गत जेठ ३० गतेदेखि बिर्तामोडको  अतिथीसदन नजिक सञ्चालनमा आएको पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको  शनिश्चरे रोडमा सञ्चालनमा आएको  मन्त्र क्लोथ्समा झापासहित नेपालका विभिन्न जिल्लाबाट आएका दुई लाख भन्दा वढी  ग्राहकहरूले आफूलाई चाहिने सामाग्री खरिद गरेको पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका सञ्चालक भेषराज दाहालले बताए।
  वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराउन  बिर्तामोडमा  पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक दाहालले आफूहरूले ग्राहकलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराएको जनाए।
   बिर्तामोड  अतिथि सदन नजिकैको पीके कम्प्लेक्समा पीके हब डिपार्टमेन्ट स्टोर र  बिर्तामोड मुक्तिचोकबाट शनिश्चरेतर्फ जाने सडक छेउ रहेको मन्त्र क्लोथ्समा विदेशका  डिपार्टमेन्ट स्टोर जस्तै स्वरूपमा उपभोक्तालाई गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराएको बताउँदै उनले  पीके हब डिपार्टमेन्ट स्टोरमा घरायसी तथा दैनिक जीवनमा आवश्यक पर्ने विविध सामग्री एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको जनाए ।

   नवजात शिशुका आवश्यक वस्तु, विद्यालय जाने बालबालिकाका लागि स्कूल ब्याग, पानीका बोतल, भाँडाकुँडा, किचन सामग्री, प्लास्टिकजन्य सामग्री,  खेलकुद सामग्री, बाथरुमसम्बन्धी सामग्री, खेलौना, ब्लक सेट, स्केटिङ तथा स्विमिङ सामग्री, वृद्धवृद्धाका लौरो लगायतका सामग्री पीके हब डिपार्टमेन्ट स्टोरमा उपलब्ध गराइने उनको  भनाई छ ।

  त्यस्तै,  काठमाडौंमा मुख्य कार्यालय रहेको मन्त्र क्लोथ्सको  तेस्रो शाखाका रूपमा विस्तार हुन लागेको मन्त्र क्लोथ्समा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक रेडिमेड कपडा, अन्तर्वस्त्र, मोजा, पेटी, भेस्ट तथा अन्य फेसनसम्बन्धी सामग्री बिक्री गरिने सञ्चालक दाहालले बताए।
    विशेष गरी झापाका उपभोक्ताहरूलाई सरल मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएको बताउँदै  उनले पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा दशै, तिहार,छठ पर्वको अवसरमा ग्राहकका लागि विशेष छुट तथा उपहार योजनासमेत ल्याएको  जनाए ।
   त्यस्तै, पाँच हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकलाई स्क्र्याच कुपन उपलब्ध गराइने र उक्त कुपनमार्फत एक हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने उनको भनाई छ।
   त्यस्तै दशैंमा कपडालगायत सामाग्री खरिद गर्ने ग्राहकहरूका लागी एक हजार रूपैयाँदेखि ५ हजारसम्मका कपडा रहेको
बताउँदै उनले पीके हब डिपार्टमेन्ट स्टोरमा उपलब्ध अधिकांश सामग्री न्यूनतम २० रुपैयाँदेखि अधिकतम पांच हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध हुने जनाए।
   पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा जान आउन ग्राहकहरूलाई सिटी सफारीको व्यवस्था गरेको बताउँदै उनले यो दशैंमा आफूलाई चाहिने सामाग्री खरिद गर्न एकपटक पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा आएर सेवा लिन सबैलाई आग्रह गरे। कार्यक्रमको सहजीकरण पत्रकार पुष्प खड्काले गरेका थिए।