बिर्तामोड। झापाको बिर्तामोड एक किलोमिटर पुरानो गोमेन्द्र कलेजमा क्लब सेभेन फिटनेस हब सञ्चालनमाआएको छ।
बिर्तामोडका गीता ढकाल खनाल, कुन्नु श्रेष्ठ, लक्ष्मी ढकाल, तुलसा ढकाल, राजन ढकाल, शोभा ढकाल चापागाईँ ,पुष्पा शर्मा खनालले क्लब सेभेन फिटनेस हब सञ्चालनमा सञ्चालनमा ल्याएका हुन्।
दुई करोड रूपैयाँको लगानीमा सञ्चालनमा ल्याएको क्लब सेभेन फिटनेस हबको उद्घाटन महिला वडीविल्डर रिपु घर्तीले गरेकी थिइन्।
क्लब सेभेन फिटनेस हबमा जुम्बा, कार्डियो, महिला पुरुषका लागी फिटनेस सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सञ्चालिका गीता ढकाल खनालले बताइन्।
क्लब सेभेन फिटनेस हबकी सञ्चालिका गीता ढकाल खनालको अध्यक्षता तथा महिला वडीविल्डर रिपु घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक उत्तम खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्मालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।




















