बिर्तामोड। धुलाबारी मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा हरि कोइराला चयन भएका छन्।
 धुलाबारी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको तेश्रोअधिवेशनले आगामी दुइ बर्षे कार्यकालको लागि  कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो।
   नवगठित समितिको उपाध्यक्षमा लीला प्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र कडरिया, सन्तोष प्रसाई, सन्तोष धमला, महासचिवमा सागर खनाल, सचिवमा यमनाथ (युवराज) रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल रहेका छन् ।
   त्यस्तै सदस्यहरुमा योगेन्द्र आचार्य, विशान्त कटुवाल, नारायण खनाल, सुभाष रिजाल, किरण श्रेष्ठ चयन भएको निर्वाचन सहजिकरण समितिका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौंलागाइले जानकारी दिए ।
   पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख तथा विद्यालयका पूर्व विद्यार्थी गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइँटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  थिए ।
  कार्यक्रममा विभिन्न विधामा विद्यावारिधि गर्न सफल पूर्व विद्यार्थीहरु संगीतकार टीका भण्डारी, शमशेर श्रेष्ठ, हरि कट्टेल र जीवन पौडेललाइ सम्मान गरिएको थियो ।
  कार्यक्रममा विद्यालयका विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले पूर्व विद्यार्थी मदन प्रसाईले १ लाख ५१ हजार रुपैयाँको भानु उषा स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
   सोही कार्यक्रमकाबिच पूर्व विद्यार्थीहरुको पुनर्मिलन, शुभकामना आदान प्रदान, पूर्व विद्यार्थी सम्मान गरि॓एको धुलाबारी मावि पूर्व विद्यार्थी समाजका उपाध्यक्ष उपाध्यक्ष लीलाप्रसाद भण्डारीले जानकारी दिए।