बिर्तामोड। झापाको बिर्तामोडस्थित ग्लोरी ईङ्लिस बोर्डिङ स्कुलमा तिहारबिशेष अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
बिध्यालयका प्रिन्सिपल शानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक तारा लावतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रातो, नीलो,हरियो, पहेलो सदनका विद्यार्थीहरूले प्रतियोगितात्मक गायन र नृत्य प्रस्तुत गरेका थिए।
गायन र नृत्यको निर्णायकहरुमा किरण राजवंशी,सौरभ तामाङ र शेखर खरेल रहेका छन्।
सामुहिक नृत्यतर्फ प्रथम निलो , दोस्रो पहेलो ,तेस्रो रातो सदन , एकल नृत्यतर्फ प्रथम बिनिता घिमिरे दोस्रो रिस्ता रा॓ई , तेस्रो नर्बदा अधिकारी र गायनतर्फ प्रथम जानकी थापा दोस्रो रिया मगर ,तेस्रो कृष राजवंशी भएका थिए।
सोही कार्यक्रममा बिध्यार्थीहरूले परम्परागत रूपमा चलनचल्तीमा रहेका सामग्रीहरूको प्रदर्शन गरेका थिए
कार्यक्रममा कक्षा नर्सरीदेखि दशसम्मको दोस्रो त्रैमासिक परिक्षाको परीक्षाफल प्रकाशित गरिएको थियो ।
कार्यक्रममा गायन शिक्षक शेखर खरेलले गीत र नृत्य शिक्षक किरण राजवंशीले नृत्य प्रस्तुत गरेका थिए।
शिक्षक तथा बिध्यार्थीहरुले सामुहिकरूपमा देउसी भैलो खेलेको कार्यक्रमको सञ्चालन शिक्षक पुण्यप्रसाद सुबेदी र बिध्यार्थीहरू कृष्टिना ढुङ्गेल, जानकी थापा, किष्मत नेपाल र पुष्प शाहले गरेको व्यवस्थापन प्रमुख सन्तोष प्रसाईले जानकारी दिए ।




















