बिर्तामोड । प्रथम अन्तर्राष्ट्रिय खिष्टियन लिम्बू महिला सेसे चुम्लुङ  सम्पन्न भएको छ।
झापाको काकरभिट्टामा भएको सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डाःछत्र पावल सुब्बाले गरेका थिए।
इशाइ लिम्बू साहित्य संघ महिला बिभागकी कार्यबाहक अध्यक्ष शान्ती वनेम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक अध्यक्ष शान्ती वनेम लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि डाःछत्र पावल सुब्बा, ताम्लिङ टीबी सुब्बा, पास्टर जर्ज बेघालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा डाःछत्र पावल सुब्बाले थिम गीत प्रस्तुत गरेका थिए l
  गुरूआमा लिना सुब्बाले बचत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा  यासोक, सिक्किम ग्रुपबाट नृत्य , गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल, भारत,भुटान लगायतका बिभिन्न स्थानका ईशाई आमा बुबा, महिला, पुरुष ,वालवालिकाहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन अरुणा आङ्देम्बेले गरेकी थिइन्।