बिर्तामोड। सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलको ३० औं बार्षिकोत्सव सम्पन्न भएको छ।
  सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलका प्रवन्ध निर्देशक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी सिञ्चाई तथा उर्जा मन्त्री चिन्तन पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलकी संस्थापक तथा  म्यूजिक एरेन्जर हेमा भण्डारी योञ्जनले स्वागत गरेकी थिइन् ।
   सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलका विद्यार्थीहरूले हेमा भण्डारी योञ्जनको रचना र संगीत रहेको खुशी छौं आज हामी वोलको गीतले सहभागीलाई स्वागत गरेका थिए।
  कार्यक्रममा रेडियो नेपाल मार्फत गायन तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका बरिष्ठ संगीतकार  भरत लामा र पूर्व विद्यार्थी भजन गायनमा लोकप्रिय गायक तथा संगीतकार दुर्गा ओलीलाई सम्मान गरिएको थियो।
   उनीहरुलाई प्रमुख अतिथि पाठक , वरिष्ठ गीतकार शिवशंकर थापा, पत्रकार चन्द्र भण्डारी, गायक  कुबेर राई , प्राज्ञ पवन राजवंशी, टंक योञ्जन , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले सम्मान पत्र, दोसल्लाले सम्मान गरेका थिए ।
  कार्यक्रममा सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलका प्रवन्ध निर्देशक कृष्ण योञ्जनले हालसम्मको गतिविधिसहित आगामी कार्यक्रम बारे सहभागीहरुलाई जानकारी दिएका थिए।

  उनले आफ्ना बुबा धनमान तामाङ र आमा बुद्धमाया तामाङको स्मृतीमा ५ लाख रुपैयाँको अक्षयकोष राखेर “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” स्थापना गरेको र सोही पुरस्कार दुई जना स्रष्टालाई प्रदान गरेको बताए ।
  उनले  २०५३ सालमा स्थापना भएको  सनलाइट म्युजिक स्टुडियो एण्ड स्कुलले हालसम्म हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दक्ष कलाकार उत्पादन गर्न सफल भएको बताए।
   सनलाइटबाट प्रशिक्षण प्राप्त गरेका तारा लक्सम, जोनी योञ्जन, डम्बर नेपाली, ताराप्रकाश लिम्बू, उमेश खड्का, एलिना चौहान, अनिश श्रेष्ठ, रोसा फुयाल, दुर्गा ओली, विपिन सुब्बा, रोहन रिजाल, सविना योङहाङ, टिकाराम श्रेष्ठलगायत कलाकारहरू अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको उनको भनाइ छ।
कार्यक्रममा  चन्द्र भण्डारीलगायतले शुभकामना दिएका थिए।
   कार्यक्रममा सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलका विद्यार्थीहरूले विभिन्न राग राग वृन्दावनी सारंगा, राग भैरव प्रस्तुत गरेका थिए।
   कार्यक्रममा सम्मानित संगीतकार भरत लामाले वाद्यवादन, गायक दुर्गा ओली , चर्चित गायक श्रीकृष्ण लुईंटेल बोकेदारीसहित सनलाईट म्युजिक स्टुडियो एण्ड स्कुलका विद्यार्थीहरूले विभिन्न गीत प्रस्तुत गरेका थिए।
   कार्यक्रमको सञ्चालन  सुनिता तामाङले गरेको सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका जोनी योञ्जनले जानकारी दिए ।