बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा खानेपानी सिञ्चा॓ई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यसमिति   सदस्य दिलकेशर थापाले स्वागत गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका  अध्यक्ष श्रेष्ठले औचित्यमाथी प्रकाश पार्दै  संस्थाले रजत महोत्सव अन्तर्गत आगामी पुस ४ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरिरहने बताए।
  उनले संस्थाका उपाध्यक्ष स्व.ईश्वरीप्रसाद खरेलको स्मृतिमा  पाँच लाख रूपैयाँको   ईश्वरीप्रसाद खरेल स्मृति कर्णाली अक्षयकोष स्थापना गरिएको बताए । सहकारी र सामाजिक कार्यमा योगदान पुर्याउनेलाई आगामी बर्षदेखि उक्त अक्षयकोषबाट सम्मान गरिने अध्यक्ष श्रेष्ठले  बताए।
२५ औं बर्षमा आइपुग्दा संस्थाले गरेको गतिविधिसमेटेर तयार पारिएको बृतचित्र प्रस्तुत गरिएको कार्यक्रममा संस्थाको रजत वर्ष स्मारिका  लोकार्पण गरिएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष कमलबहादुर बस्नेतले संस्था परिकल्पना र स्थापना गर्नुको उद्देश्यबारे बताउँदै  कर्णाली साकोस  झापाका सहकारीहरूको प्रेरणाको स्रोत भएको जनाए। कर्णाली साकोस कर्णाली नदीजस्तै अविरल बगीरहन  उनले शुभकामना दिए ।
कार्यक्रममा  प्रमुख अतिथी  खानेपानी सिञ्चा॓ई तथा उर्जा मन्त्री एकराज कार्की, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, झापा जिल्ला  बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, सम्मानित शेयर सदस्य रविन राई लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न सेवाकेन्द्रका  पांच जना शेयर सदस्यहरुलाई उपचार खर्चबापतको रकम प्रदान गरिएको थियो।
कार्यक्रममा बिभिन्न सेवाकेन्द्रका सदस्यहरूले गीत, नृत्य , कविता, गजल प्रस्तुत गरेका थिए।
  सोही कार्यक्रममा  संस्थामा रहेर २० बर्षभन्दा बढी कार्य गर्ने  कर्मचारीहरू डिल्लीराम बस्नेत,मनोहरी निरौला, सन्तोषकुमार श्रेष्ठ,कृष्णलाल न्यौपाने , गौरादेबी ओली, सूजता बस्नेत ,  गंगादेबी राई, मञ्जुदेबी खत्री, नन्दादेबी बस्नेतलाई  सम्मान गरिएको थियो।
कार्यक्रममा संस्था स्थापनाकालका पदाधिकारी , सदस्यहरुलाई सम्मान गरिएको थियो।
  कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम शान्ती निकेतन माबि हर्कटेलाई नगद १५ हजार, द्वितिय हिमालयन माबि दमकलाई  नगद १० हजार तृतीय जनता माबि खुदुनाबारीलाई  नगद ७ हजार रूपैयाँ, प्रमाण पत्र  प्रदान गरिएको थियो ।  त्यस्तै कर्मचारीको हाजिरी जवाफ प्रतियोगितामा प्रथम बिर्तामोड सेवाकेन्द्रलाई नगद  १० हजार, द्वितिय भद्रपुर सेवाकेन्द्रलाई नगद  ७ हजार र तृतीय उर्लाबारी सेवाकेन्द्रलाई नगद ५ हजार रूपैयाँ, प्रमाण पत्र  प्रदान गरिएको थियो ।

 त्यस्तै  कर्मचारीको फुटसलतर्फ  प्रथम चारआली सेवाकेन्द्रलाई नगद १० हजार, द्वितिय केन्द्रीय कार्यालयलाई नगद ७ हजार रूपैयाँ, प्रमाण पत्र  प्रदान गरिएको थियो ।   त्यस्तै सवैभन्दा बढी गोल गर्ने वलबहादुर मगरलाई पुरस्कार प्रदान गरिएको थियो भने
  राष्ट्रिय भेट्रान बुद्धिचाल खेलाडी दिलकेशर थापालाई सम्मान गरिएको थियो। 
सोही कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पशु सोसाइटी नेपाललाई नगद १० हजार प्रदान गरिएको थियो।
सोही कार्यक्रम अन्तर्गत भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको संस्थाका लेखा प्रमुख लक्ष्मीनारायण भट्टराईले बताए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए।