बिर्तामोड। श्री छठ समाज सेवा समिति बिर्तामोडको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष संगीता रौनियारले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला , भगीरथ पोद्दार,  दीपक तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष लक्ष्मीप्रसाद गौतम,   बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, समाजका पूर्व अध्यक्ष घनश्याम चौधरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कार्यसमितिका पदाधिकारी तथा सल्लाहकार समितिका सदस्यहरुमध्ये सल्लाहकार समितिका सदस्य मनोज चौधरीलाई सम्मान गरिएको थियो भने आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाका अध्यक्ष संस्थाका अध्यक्ष रामेश्वर द्विवेदीलाई संस्थाका पदाधिकारीहरूले सम्मान गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव अशोककुमार चौधरीले गरेका थिए।