बिर्तामोड। प्रेस चौतारी नेपाल झापा शाखाले सम्पादकसँग प्रेस चौतारी नामक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
प्रेस चौतारी नेपाल झापा शाखा अध्यक्ष प्रदीप परियारको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य माधब बिद्रोहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजु पोखरेलले स्वागत गरेका थिए।
नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपानेले विषय प्रवेश गरी झापाली पत्रकारितामा देखिएको समस्या , चुनौति र अवसरका विषय र सुझाव विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा झापाबाट नियमित प्रकाशन र प्रशारण भइरहेका अखबार, रेडियो र टेलिभिजनका सम्पादकहरूले अखबार, रेडियो र टेलिभिजनमा देखिएका विद्यमान समस्या , चुनौति र अवसरका विषयमा सुझाव राखेका थिए।
उनीहरुले प्रेस चौतारी नेपाल झापा शाखाले यसप्रकारको कार्यक्रमको आयोजना गरेर सबैको सामूहिक समस्यालाई उजागर गरेकोमा धन्यवाद दिएका थिए।
कार्यक्रममा सहभागीहरूले झापाली सञ्चारकर्मीहरूबीच आपसी एकता सद्भाव र सहकार्य गर्ने, आर्थिक मन्दी, कोभिड महामारीलगायतले थलिएको मिडिया क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थासम्म आइपुगेकाले मिडिया क्षेत्रको जीवन्तताका लागी स्थानीय सरकार,उद्योगी व्यवसायी र सरोकारवालाहरूसंग समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्ने, संविधान प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता माथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेपहरूका विरुद्ध एकीकृत भई प्रतिवाद गर्ने प्रतिवद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए।