बिर्तामोड। झापाको कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको तयारी गरिएको छ।
कनकाई नगरपालिकाको १२ औं स्धापना दिवसको अवसरमा बिहीबार उक्त घोषणा गरिने भएको हो।
कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका लागी कार्यपालिकाबाट २०७९ माघ १८ गते वालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका लागी ५३ वटा सूचाङ्क पूरा गरिएको उनको भनाई छ।
बिहीबारबाट कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिने र उक्त कार्यक्रमको उद्घाटन खानेपानी सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीले गर्ने कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले कनकाई नगरपालिका झापाको तेस्रो नगरपालिका र प्रदेशकै पांचौ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका रहेको वताए। उनले कनकाई नगरपालिकाको १२ औं स्धापना दिवसको अवसरमा बिहीबार कनकाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने बताए। कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका र पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको उनले बताए।
कनकाई नगर वाल सञ्जालका अध्यक्ष विजय तिवारीले कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएकोमा खुशी व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
झापाको कनकाई नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा कार्यान्वयन गरिनुपर्नेमा कनकाई नगर वाल सञ्जालका पूर्ब अध्यक्ष तथा जिल्ला वाल सञ्जालका संस्थापक अध्यक्ष अभिशेक मिश्रले जोड दिए।