बिर्तामोड। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतले आगामी आर्थिक वर्षमा खेलकुदको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने बताएका छन्।
झापा जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरूसंग साक्षात्कार गर्दै उनले यस्तो बताएका हुन्।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले झापामा सञ्चालन गरिएका खेलकुद गतिविधिबारे जानकारी गराउँदै यहाँ देखिएका विद्यमान समस्याबारे जानकारी गराएका थिए।
कार्यक्रममा भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्का, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीसहित बिभिन्न खेलका प्रशिक्षकहरूले समस्या राखेका थिए। आफू खेलकुदको हितमा काम गर्ने बताउंदै सदस्य सचिव बस्नेतले खेलकुद क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको कार्यालय प्रमुख बिष्णु नेम्बाङले जानकारी दिए।