बिर्तामोड । नेपालमा दुईवटा घुँडाको एकैसाथ शल्यक्रिया गरी प्रत्यारोपण हुन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर , झापाको बिर्तामोड – ३ भगवानचौकमा रहेको स्पाइन एक्स सुपरस्पेसियलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले दुरवीनबाट दुईवटा घुँडाको एकैसाथ सफलतापूर्वक शल्यक्रिया गरी प्रत्यारोपण गरेको भन्दा तपाईं विश्वास गर्न वाध्य हुनुपर्छ ।
झापाको बिर्तामोड – ३ भगवानचौकमा विगत अढाई वर्षअघिदेखि सञ्चालनमा रहेको स्पाइन एक्स सुपरस्पेसियलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले सवारी दुर्घटनाबाट घाइते पाँचथरका डिल्ली सुवेदीको दुरवीनबाट दुईवटा घुँडाको एकैसाथ सफलतापूर्वक शल्यक्रिया गरी प्रत्यारोपण गरेर झापामा मात्र होइन नेपाल भरी चर्चा कमाउन सफल भएको छ ।
हस्पिटलका अध्यक्ष बरिष्ठ स्पाइन सर्जन डा.प्रेमबहादुर शाहीसहितको टीमले सवारी दुर्घटनाबाट घाइते पाँचथरका डिल्ली सुवेदीको दुरवीनबाट दुईवटा घुँडाको एकैसाथ सफलतापूर्वक शल्यक्रिया गरी प्रत्यारोपण गरेका हुन् । नेपालमै पहिलो पटक सवारी दुर्घटनाबाट घाइते भएर हस्पिटल आएका पाँचथरका डिल्ली सुवेदीको दुईवटा घुँडाको एकैसाथ सफलतापूर्वक शल्यक्रिया गरी प्रत्यारोपण गरिएको डा.शाहीले बताए ।
सवारी दुर्घटनाका कारण घाइते सुवेदी दुवै घुँडाको एसीएल र पीसीएल लिगामेन्ट तथा कुर्कुरे हाड समेत च्यातिएको जटिल र संवेदनशील अवस्थामा हस्पिटल आएको बताउँदै डा .शाहीले दुरविन प्रविधिमार्फत घाइते सुवेदीको एकै साथ दुवै घुँडाको यस्तो जटिल शल्यक्रिया गरिएको जनाए ।
विगतमा एउटा घुँडाको शल्यक्रिया गरेर निको भएपछि मात्र अर्को घुँडाको गर्ने अभ्यास रहेको बताउँदै डा. शाहीले त्यसलाई तोड्दै नयाँ प्रविधीमार्फत दुईवटा घुँडाको एकैसाथ सफलतापूर्वक शल्यक्रिया गरी प्रत्यारोपण गरिएको जनाए ।
पालैपालो शल्यक्रिया गर्दा बिरामीले लामो समय कुर्नुपर्ने, खर्च बढ्ने र अन्य प्राविधिक समस्या समेत आउन सक्ने भएकाले आफूहरुले जोखिम मोलेरै दुबै घुँडाको एकैसाथ शल्यक्रिया गर्ने निर्णय लिएर शल्यक्रिया गर्दा त्यो पूर्णरूपमा सफल भएको डा. शाहीले बताए ।
डा. शाहीले झापा तथा पूर्वमा हुने विभिन्न खेलकुदका प्रतियोगितामा खेल्ने क्रममा घाइते हुने खेलाडीहरूका लागि हस्पिटलले विशेष र द्रुत उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्दै चोट लागेलगत्तै घाइते खेलाडीहरू तुरुन्त स्पाइन एक्स हस्पिटलमा आए चाँडै निको भएर पुनः मैदान फर्कन सक्ने बताए ।
अब हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूर्ण आधुनिक उपचार र शल्यक्रिया बिर्तामोडको स्पाइन एक्स हस्पिटलमा उपलब्ध भएकाले उपचारकै लागि काठमाडौँ वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको उनको भनाई छ ।
हस्पिटलकी सिइओ अस्मिता कठेतले स्पाइन एक्स हस्पिटल स्थापनाको अढाई वर्षमा हस्पिटलले हजारौं बिरामीको सफलतापूर्वक उपचार गरी नयाँ जीवन दिलाउन सफल भएको बताइन् ।
उनले स्पाइन एक्स हस्पिटलले भित्र्याएको आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवाले पूर्वका घाइते बिरामीहरूलाई ठुलो राहत मिलेको बताइन् ।
बिरामी डिल्ली सुवेदीले आफू स्पाइन एक्स हस्पिटलको सेवाबाट सन्तुष्ट बनेको बताए। आफू घाइते अवस्थामा हस्पिटल आएकोमा चिकित्सकहरूले जोखिम मोलेर आफ्नो सफल उपचार गरिदिएको भन्दै सुवेदीले स्पाइन एक्स हस्पिटलले आफूलाई नयाँ जीवन दिएको बताए ।
कार्यक्रमको सहजीकरण हस्पिटलका कर्मचारी फडिन्द्र चापागाईंले गरेका थिए।




















