बिर्तामोड। झापाको बिर्तामोडका व्युटिशियनहरूका लागी सात दिवसीय मास्टर केमिकल (कलर )तालिम सम्पन्न भएको छ।
  फेमिली कार्बनल सप्लायर्स बिर्तामोड-३ को आयोजनामा बिर्तामोड पुरानो भद्रपुररोडमा रहेको ईलिका व्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरमा उक्त तालिम भएको हो।
  गत जेठ ८ गतेबाट शुरू भएको उक्त तालिमको सहजीकरण प्रशिक्षक बिक्की सिंहले गरेको तालिम सञ्चालिका सुरक्षा तिमल्सिनाले बताइन्।
  सात दिनसम्म सञ्चालन भएको केमिकल (कलर )तालिममा सहभागीलाई कलर प्रयोग गर्ने तरिका, हेयर र फेस अनुसार सुहाउने कलर मिक्सिङको जानकारी, केराटिन गर्ने तरिका , ट्रेण्डिङ कलर टेक्निकको बारेमा प्रयोगात्मक अभ्याससहीत तालिम प्रदान गरिएको थियो।
  हङकङको उत्पादन रहेको विश्वप्रशिद्द ब्राण्ड कार्बनल विशेष गरी व्युटीपार्लर र युनिसेक्स सैलुनहरूमा प्रयोग हुने गरेको फेमिली कार्बनल बिर्तामोडकी सञ्चालिका सुरक्षा तिमल्सिनाले बताइन्।
   पोखरामा मुख्य कार्यालय रहेको फेमिली कार्बनल सप्लायर्सको  बिर्तामोड-३ पशुपति टोलमा शाखा कार्यालय रहेको छ।
गत जेठ ८ गतेबाट शुरू भएको उक्त तालिममा १५ जना व्युटीशियनहरूको सहभागिता रहेको र उनीहरूलाई प्रमाण पत्र समेत प्रदान गरिएको ईलिका व्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका निशा कन्दङ्वाले जानकारी दिइन्।
  तालिममा सहभागि व्युटीशियनहरूले तालिम अत्यन्तै फलदायी रहेको बताउँदै आफ्ना पार्लरहरूमा कार्बनलका उत्पादन प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए।