बिर्तामोड। झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ।
आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीको नवनिर्मित दूधे रंगशालामा प्रतियोगिताको तयारी गरिएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले बताए।
झापा जिल्लालाई महिला फुटबल हबको रूपमा विकसित गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउँदै उनले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिइने जनाए।
प्रतियोगिताको बिजेतालाई नेपालकै सर्वाधिक राशीको पुरस्कार प्रदान गरिने बताउँदै उनले खेलका विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिने जानकारी दिए।
प्रतियोगितामा आयोजक टीमसहित भारत, भुटान र नेपालका ए डिभिजन टीमका महिला टीमको सहभागिता रहने उनले बताए।
प्रतियोगिताको संरक्षकमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा रोषन, संयोजकमा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ रहेका छन्।
कार्यक्रमको सहजीकरण सचिवालय संयोजक खेल पत्रकार हिमाल खरेलले गरेका थिए।




















