बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराई र गणेशमान मुखियाले गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल, सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोल, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परिवारलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिसा गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले गरेका थिए।