बिर्तामोड। एपोलो पेन्ट्सले झापाको बिर्तामोडमा पेन्टर भेटघाट तथा उपहार बितरण गरेको छ।
एपोलो पेन्ट्सले लक्ष्य ६ अन्तर्गत छ हजारदेखी पाँच लाख प्वाइन्टको आधारमा विभिन्न उपहार प्रदान गरिएको हो।
पेन्टरहरुलाई रंगको बाल्टीमा भएको कुपनको प्वाइन्टका आधारमा छ हजार देखि पाँच लाख प्वाइन्ट जम्मा गर्ने एक सय २० जना पेन्टरलाई व्ल्याङकेटदेखि मोटरसाइकलसम्म उपहार प्रदान गरेको एपोलो पेन्टसका कन्ट्री सेल्स एण्ड मार्केटिङ हेड रोशन पन्तले बताए।
कार्यक्रममा चार जनालाई मोटरसाइकल, ३५ जनालाई व्ल्याङकेट , ३५ जनालाई मोबाइल , १५ जनालाई साइकल, १२ जनालाई मिक्चर , छ जनालाई एयर कुलर , तीन जनालाई वासिङ मेसिन , ८ जनालाई फ्रिज उपहार वितरण गरेको उनले बताए ।
एपोलो पेन्टसका साविक मेचीका लागि आधिकारिक बिक्रेता तथा सुपर डिलर एपोलो कलर हाउस बिर्तामोडका प्रवन्धक डिल्लीराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एपोलो पेन्टसका साविक मेचीका डिलर सिमा ट्रेड एण्ड सप्लायर्सका प्रवन्धक प्रज्जवल अधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा द एपोलो कलर हाउस दमकका सञ्चालक रोम नेपाल , पाथीभरा हार्डवेयर बुधबारेका प्रोप्राइटर अनिल घिमिरे, कामख्या स्टोर बुट्टाबारीका प्रोप्राइटर गणेश खनाललगायतले एपोलो पेन्टस गाहकको रोजाईको रङ भएको बताएका थिए ।
कार्यक्रममा एपोलो पेन्टसका कन्ट्री सेल्स एण्ड मार्केटिङ हेड रोशन पन्तले एपोलो पेन्टसले २०६१ सालदेखि नेपाली उपभोक्ताको माग बमोजिम अन्तराष्ट्रिय गुणस्तरको उच्चकोटीका रङ उत्पादन तथा बिक्री गर्दै आइरहेको बताए ।
उनले १८ हजार प्वाइन्टमा सेफ्टी बेल्ट र १ लाख रूपैयाँको दुर्घटना बीमा १ सय २० जनालाई प्रदान गरिएको बताए ।
उनले एपोलो पेन्ट्सले लक्ष्य ७ अन्तर्गत बिभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने जानकारी दिए।




















