बिर्तामोड। तपाई आफ्नो जन्मदिन कहाँ मनाउनु हुन्छ? ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर मनाउनु हुन्छ होला। तर झापा बिर्तामोड निवासी सुवोध रसाइलीले आफ्नो जन्मदिन फरक तरीकाले मनाएका छन्।
बिर्तामोड १ पञ्चकन्या टोलमा रहेको यस डान्स स्टुडियो एकाडेमीका सञ्चालक
बिर्तामोड निवासी नृत्य निर्देशक सुवोध रसाइलीले आफ्ना विद्यार्थीहरू माझ जन्मदिन मनाएका हुन्।
नृत्य निर्देशक रसाइलीले आफूले नृत्य सिकाएका आफ्ना विद्यार्थीहरू माझ केक काटेर खुशीयाली साटासाट गर्दै जन्मदिन मनाएका हुन्।
उनले ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर जन्मदिन मनाउनु भन्दा आफ्ना विद्यार्थीहरू माझ जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने बताए।
उनले जन्मदिनको नाममा गरिने फजुल खर्च गर्ने परिपाटी बढीरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले आफूले यस्तो कार्य गरेको जनाए।
कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले नृत्य निर्देशक रसाइलीलाई जन्मदिनको शुभकामना दिएका थिए।




















