बिर्तामोड। झापाको बिर्तामोडमा राज स्मार्ट सैलुन सञ्चालनमा आएको छ। बिर्तामोडको पुरानो भद्रपुररोडमा राज ठाकुरले सुविधासम्पन्न राज स्मार्ट सैलुन सञ्चालनमा ल्याएका हुन्।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र उनका मातापिता अनिरूद्र ठाकुर र मीनादेवी ठाकुरले संयुक्तरूपमा राज स्मार्ट सैलुनको उद्घाटन गरेका थिए।
राज स्मार्ट सैलुनको उद्घाटन गर्दै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडमा सुविधासम्पन्न सैलुन सञ्चालनमा ल्याएकोमा राज स्मार्ट सैलुनका सञ्चालक राज ठाकुरलाई व्यवसायिक सफलताको शुभकामना दिए ।
ग्राहकहरूलाई सेवा दिन फ्री वाईफाई र एसीसहितको सुविधासम्पन्न सैलुन सञ्चालनमा ल्याएको राज स्मार्ट सैलुनका सञ्चालक राज ठाकुरले बताए।
राज स्मार्ट सैलुनमा कपाल सम्बन्धी सम्पूर्ण सेवा सर्वसुलभदरमा उपलब्ध गराउने उनको भनाई छ।
बिर्तामोडको हनुमान मार्गमा समेत राज स्मार्ट सैलुनको सेवा उपलब्ध रहेको बताउँदै उनले ग्राहकहरूको मागलाई ध्यानमा राखेर बिर्तामोडको पुरानो भद्रपुररोडमा सुविधासम्पन्न राज स्मार्ट सैलुन सञ्चालनमा ल्याएको जनाए ।
विगत १० वर्षदेखी बिर्तामोडमा सेवा दिँदै आएको राज स्मार्ट सैलुनको सेवाबाट ग्राहकहरू सन्तुष्ट रहेको स्वयम् ग्राहकहरू बताउँछन्।



















