बिर्तामोड। नेपाल वितरक महासंघ कोशी प्रदेशको अध्यक्षमा नविन तामाङ चयन भएका छन्।
संस्थाको बिर्तामोडमा भएको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको वरिष्ठ उपाध्यक्ष लालबहादुर कार्की, उपाध्यक्ष शुभराज थापा, युवराज घिमिरे, महासचिव सन्तोषकुमार श्रेष्ठ कसजु , सचिव निर्मल खतिवडा, कोषाध्यक्ष हिमाल श्रेष्ठ रहेका छन्।
त्यस्तै सदस्यहरुमा सन्तोष भट्टराई, धुर्ब कनाल, एलिस खनाल, मन्टु रौनियार, कुमार वस्नेत, शम्भु आचार्य, रामराज भण्डारी, विपिन थापा र वद्री सेढाई रहेका छन्।
नयाँ कार्यसमिति चयन गर्न टंकप्रसाद खनाल संयोजक र कमल ढुंगाना र शिव खनाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश उपाध्यक्ष नविन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा केन्द्रीय सल्लाहकार टंकप्रसाद खनाल, केन्द्रीय महासचिव शिव खनाल, कार्यक्रम संयोजक सुरेश कुमार अग्रबाल भद्रपुरे, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यक्रम संयोजक सुरेश कुमार अग्रबाल भद्रपुरेलगायतलाई सम्मान समेत गरिएको कार्यक्रममा संस्थासंग सम्बन्धित हाजीरीजवाफ समेत गरिएको थियो।
मेची डिस्ट्रीव्यूटर्स एशोसिएसन मेचीको आतिथ्यमा बिर्तामोडमा दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन भएको मेची डिस्ट्रीव्यूटर्स एशोसिएसन मेचीका अध्यक्ष राजीव श्रेष्ठले बताए।
१३ बुंदे बिर्तामोड घोषणापत्र समेत जारी गरिएको कार्यक्रमको सञ्चालन महासचिव राजेश खनालले गरेका थिए।




















