बिर्तामोड। उच्च शिक्षा अध्ययनका लागी दक्षिण कोरिया जान चाहने बिद्यार्थीहरुलाई लक्षित गर्दै बिर्तामोडमा शैक्षिक अवलोकन कार्यक्रम आयोजना गरिएको छ।
बिर्तामोडस्थित सुवेदी एण्ड एशोसिएट्स बिर्तामोड र राईट एजुकेसनल सर्विसेज प्रालिको संयुक्त आयोजनामा बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्डमा आगामी भदौ २४ गते शैक्षिक अवलोकन कार्यक्रम आयोजना गरिएको सुवेदी एण्ड एशोसिएट्स बिर्तामोडका प्रबन्ध निर्देशक रोषन सुवेदीले जानकारी दिए।
  उनले उच्च शिक्षा अध्ययन गर्न अब दक्षिण कोरियामा जान चाहने  झापाबाट इच्छुक विद्यार्थीले अब काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।
झापाको बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक परामर्श दिने व्यवस्था भएको
राइट एजुकेसनल सर्विसेज प्रा.लि बिर्तामोडका प्रबन्ध निर्देशक नबिन बोहोराले बताए।
दक्षिण कोरियाका लागी अब गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थी तथा अभिभावकलाई सहज हुने उनको भनाई छ।
दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पाउन सकिने भएकाले पछिल्लो समय विदेशी विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको उनले  बताए।
कोरियाले सन् २०२७ सम्ममा तीन लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य लिएको बताउँदै उनले नेपालका विद्यार्थी समेत दक्षिण कोरियामा अध्ययनमा आकर्षित भइरहेको जनाए।
दक्षिण कोरियाका  ह्युपसुङ युनिभर्सिटीबाट एड्मिसन मेनेजर ली योङ हुन र ईन्टरनेशनल एडमिसन अफिसर चुङ मीओन र  चुङबुक हेल्थ एण्ड साइन्स युनिभर्सिटीबाट प्रोफेसर ली मी ले  प्रत्यक्ष रूपमा विश्वविद्यालयका बारेमा  विद्यार्थी र अभिभावकलाई जानकारी गराउने
सुवेदी एण्ड एसोसिएटका प्रवन्ध निर्देशक रोशन सुवेदीले बताए।
राइट एजुकेसनल सर्विसेज प्रालिका प्रवन्ध निर्देशक  नबिन बोहोराले कार्यक्रममा सहभागी भएर लाभ लिन सवैलाई आग्रह समेत गरेका छन् ।