बिर्तामोड। आन्दोलनरत् प्याब्सन, एन प्याब्सन, हिसान, अपिन, नेपाल मन्टेश्वरी एशोसिएसनको आयोजनामा सञ्चारमाध्यमसंग वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
संस्थागत शिक्षालय वचाउ संघर्ष समितिका सदस्य तथा
प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले विद्यालय शिक्षालाई गिजोलिएर नेपालको शिक्षालाई तहसनहस पुर्याएको बताए।
अन्य देशले निजी शिक्षालाई राम्रो स्थान दिएपनि नेपालले भने ठीक त्यसको विपरीत गरेको उनले दावी गरे।
सरकारको रवैयाले शिक्षा उद्दमीहरू पलायन हुने बताउँदै आफूहरू बिद्यालय बचाउन लागीपर्ने जनाए।
त्यस्तै एन प्याब्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठले निजी विद्यालय अहिले रक्षात्मक अवस्थामा आएको बताए।
अहिले सरकारले ल्याएको शिक्षा ऐनअनुसार आफूहरूले विद्यालय सञ्चालन गर्न नसकिने उनले बताए।
निजी विद्यालयले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सरकारको लाज ढाकेको बताउँदै उनले सरकारले शिक्षा ऐन ल्याएर उल्टै निजी विद्यालयलाई आघात पुर्याएको जनाए।
प्याब्सन केन्द्रीय निवर्तमान सल्लाहकार गोविन्द लम्सालले निजी विद्यालयलाई सरकारले पटक पटक आक्रमण गरिरहेको
बताउँदै सरकारले हालै ल्याएको शिक्षा ऐनले निजी विद्यालयलाई तहसनहस बनाउने जनाए ।
आफूहरूले सरकारसँग धेरै आशा गरेकोमा सरकारले निराशा मात्रै बनाएको उनको भनाई छ। अब काठमाडौंकेन्द्रीत आन्दोलन गरिने उनीहरूको भनाइ छ।
कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।




















