बिर्तामोड। सन् २०२६ जेसीआई भाइस प्रेसिडेन्ट एशिया प्यासिफिक (नेपाल)का लागि  निरुपित सिनेटर  केङ्गो सुजुकीले वीरता जेसीजको प्रशंसा गरेका छन् ।

वीरता जेसीजको आयोजनामा सन् २०२६ जेसीआई भाइस प्रेसिडेन्ट एशिया प्यासिफिक (नेपाल)का लागि  निरुपित सिनेटर  केङ्गो सुजुकीसंग भएको मीट एण्ड ग्रीट कार्यक्रममा प्रमुख अतिथी सुजुकीले वीरता जेसीजले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा पुर्‍याएको कार्यको प्रशंसा गरे ।

जेसीआई र नेपालका जेसीजहरूको साझा समस्या रहेकाले त्यसलाई निराकरण गर्न सबै जुट्नुपर्ने उनको भनाई छ। 

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले वीरता जेसीजले उत्कृष्ट कार्य गरेको भन्दै वीरता जेसीजको प्रशंसा गरेका थिए। 

वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठको अध्यक्षता तथा सन् २०२६ जेसीआई भाइस प्रेसिडेन्ट  एशिया प्यासिफिक (नेपाल)का लागि  निरुपित सिनेटर  केङ्गो सुजुकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्रकारीणी उपाध्यक्ष प्रज्जवल विमलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
वीरता जेसीजका टीम कोअर्डीनेटर विज्ञानराज पौड्यालले आस्थाबाचन गरेको कार्यक्रममा कानूनी सल्लाहाकार प्रभात मास्केले जेसीआई मिसनभिजन बाचन गरेका थिए।
 कार्यक्रममा वीरता जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष योगेश राजवंशी, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल जेसीजका पदाधिकारीसहित झापाका जेसीज शाखाहरूका अध्यक्षसहित पदाधिकारीहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुवास तिखत्रीले गरेका थिए।