बिर्तामोड। सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडले पछिल्लो समय वित्तीय साक्षरतालाई तीव्रता दिएको छ । यसैक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडले अर्जुनधारा – ८ शितला दुर्गा पाञ्चयतन मन्दिर परिसरमा भेला भएका स्थानीयवासीलाई बित्तिय साक्षरता प्रदान गरेको छ।
बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका शाखा प्रमुख प्रकाश फुयलले स्वागत गरेका थिए । 
   उनले स्थानीय समुदायलाई बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारीमुलक शिक्षा दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको बताए । 
उनले कार्यक्रमको सहजीकरण गर्दै सहभागीहरुलाई बचत राख्ने, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी र खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहक अधिकार ,सानो उमेरदेखि नै, वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने,  बचत गर्ने कारण,  उपाय , फाइदा , बचत गर्ने स्थान,  कर्जालिने उद्देश्य, व्यवस्थापन, सदुपयोगिताबारे बताएका थिए।
त्यस्तै बैंकमा खाता खोल्ने तरिका,बैंकको  चेक  , नोट, बिबिध पक्ष, डिजिटल बैकिङको परिचय,प्रयोग गर्ने चुनौति, ध्यान दिनुपर्ने कुरा,अनलाइन ठगीबाट बच्ने तरिका,डिजिटल बैकिङबाट सुरक्षित रहने तरिकाबारे सहभागीलाई जानकारी गराइएको थियो । 
कार्यक्रममा सहभागीलाई बैक र बित्तिय सम्बन्धित बिभिन्न प्रश्न सोधेर सही उत्तर दिने सहभागीलाई पुरस्कार प्रदान  गरिएको थियो।
कार्यक्रममा सहभागीले  ग्रामिण क्षेत्रमा आएर यहाँका स्थानीयवासीलाई वैंक र वित्तिय सम्वन्धी जानकारी गराएकोमा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडलाई धन्यवाद दिएका थिए ।
  कार्यक्रमका सहभागीहरुले   बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरू बारे सूचना प्राप्त गर्न पाएको हुँदा कार्यक्रम उपलब्धिमूलक रहेको बताएका थिए।
सेन्ट्रल फाइनान्स लिमिटेडले हाल देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखाबाट बित्तिय सेवा प्रदान गरिरहेको शाखा प्रमुख फुयलले बताए। कार्यक्रममा ४५ जना स्थानीयवासीको  सहभागिता  रहेको थियो कार्यक्रमको  सञ्चालन  बैककी कर्मचारी  रञ्जु आचार्यले गरेकी थिइन् ।