बिर्तामोड। झापाका बाढीपीडितहरूलाई राहत प्रदान गर्न झापाली समाज कुवेतले एक लाख ७१ हजार रूपैयाँ प्रदान गरेको छ।
झापाली समाज कुवेतका अध्यक्ष लीला पाण्डे, युवा संयोजक सागरजंग क्षेत्री, समाजका आजीवन सदस्य धर्मानन्द अधिकारी, सन्तकुमार अधिकारी, पूर्व सल्लाहकार शिवकुमार लिम्बूलगायतले
एकका लागी एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम प्रदान गरेका हुन्।
वैदेशिक रोजगारको शिलशिलामा कुवेतमा रहेका झापालीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीमा परेर कष्टकर जीवन बिताईरहेका झापालीहरूलाई मल्हमपट्टी गर्न उक्त रकम प्रदान गरेको झापाली समाज कुवेतका अध्यक्ष लीला पाण्डेले बताए। उनले आफूहरूले प्रदान गरेको रकमले थोरै भएपनि बाढीको चपेटामा परेका झापालीहरूलाई खुशी मिल्ने बताए।
यस्तो पूण्य कार्यमा सहयोग पुर्याउने झापाली समाज कुवेतका सम्पूर्ण पदाधिकारीहरूलाई अध्यक्ष पाण्डेले धन्यवाद ज्ञापन समेत गरेका छन्।




















