बिर्तामोड।  नेपाल मधेसी समाज छठ सेवा समितिको आयोजनामा  बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजाको तयारी धमाधम भइरहेको छ।
   नेपाल मधेसी समाज छठ सेवा समितिका  अध्यक्ष रामेश्वर मण्डलले बिर्तामोड ३ स्थित बिर्ताबजारस्थित अन्धुवा खोलालाई सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिएको बताए।
बिगतका बर्षहरूभन्दा यस बर्ष छठ ब्रतलिने भक्तजनहरु बढेकाले नेपाल मधेसी समाज  छठ सेवा समितिले  यस वर्ष  अन्धुवा खोलाको दुवैपट्टी एक सय ७०  वटा पण्डाल निर्माण गरेको उनले बताए । एउटा पण्डालमा दुईवटा डाला राखिने उनको भनाइ छ । छठ पूजा सबैको साझा भएकाले अशक्त, असहायहरूलाई नि:शुल्क पूजा गर्ने व्यवस्था मिलाइएको उनले बताए।
नेपाल मधेसी समाज छठ सेवा समितिले   बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजाका लागी अन्धुवा खोलाको दुवैपट्टी आकर्षक बत्ती सजावट गरेर बेहुली झैं सिंगारिएको बताए।
अहिले त्यहाॅ आन्तरिक पर्यटक समेत बढेको र त्यहाॅ फोटो खिचाउन र टिकटक बनाउन आउनेको भीड बढेको उनको भनाई छ।
यस बर्ष नेपाल मधेसी समाज छठ सेवा समितिले बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजासंगै गंगा आरती समेत गरिने उनले बताए।
नेपाल मधेसी समाज छठ सेवा समितिका सदस्यहरू विवेक साह, अमर पटेल, गन्नु सहनीलगायतले पनि बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा हुने छठ पूजामा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।