बिर्तामोड।  नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापाको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् ।
   इक्यान झापाको चौथो अधिवेशन तथा सातौं वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
   बिर्तामोड एजुकेशन फाउन्डेशनका सञ्चालक समेत रहेका कार्की  यस अघि ईक्यान झापाको  कोषाध्यक्ष, सचिव, उपाध्यक्ष थिए ।
त्यस्तै समितिको निर्वतमान अध्यक्ष रोशन सुवेदी रहेका छन् ।
  नव निर्वाचित समितिको उपाध्यक्षमा अशोक भण्डारी चयन भएका छन् । बिर्तामोडस्थित बिज इन्टरनेश्नल एजुकेशन सर्भिसका सञ्चालक समेत रहेका भण्डारी यसअघि ईक्यान झापाको   सचिव, कोषाध्यक्ष र सदस्य थिए ।
     त्यस्तै संस्थाको सचिवमा क्रिमसन युनिभर्सल एजुकेशनल कन्सल्टेन्सी दमकका सञ्चालक  विशाल सिटौला निर्वाचित भएका छन् भने  समितिको कोषाध्यक्षमा अर्बान स्पेस एजुकेशन कन्सल्टेन्सी बिर्तामोडका सञ्चालक तुलसी पाठक  निर्वाचित भएका छन् ।
    नव निर्वाचित समितिको सदस्यहरुमा नर्थ ईस्टर्न एजुकेशन कन्सल्टेन्सी बिर्तामोडका सञ्चालक सरोज खरेल, राईट एजुकेशनल सर्भिस बिर्तामोडका सञ्चालक नविन बोहोरा,  ब्रीज एजुकेशन फाउण्डेशन बिर्तामोडका सञ्चालक  मोहन पराजुली र क्याम्ब्रीज एजुकेशन बिर्तामोडकी सञ्चालक निशा दुलाल निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त पुष्पराज भट्टराईले जानकारी दिए  ।
    शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघमा ५० बढी सदस्यहरु रहेको  संस्थापक अध्यक्ष  सुमन शर्मा जमरकट्टेलले बताए।
   ईक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षता  तथा नेपाल शैक्षिक परामर्श संघ ईक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा इक्यान झापाको चौथो अधिवेशन सम्पन्न भएको थियो।