बिर्तामोड । झापाको बिर्तामोड २ चारपाने बेल्डांगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न  भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य मात्रिकाप्रसाद संग्रौलाले स्वागत गरेका थिए ।  कार्यक्रममा विद्यालयको स्काउट दलले प्रमुख अतिथी तथा अतिथिहरूलाई सलामी दिएका थिए ।
 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज गौतमले विद्यालयको अवस्था र  आगामी वार्षिक कार्ययोजनासहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक,  विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष, सदस्य , सल्लाहकार संयोजक, पदाधिकारी तथा उत्कृष्ट विद्यार्थी ,  शिक्षक, अक्षयकोष दाता, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापकहरू  कृष्णप्रसाद उप्रेती, यदुनाथ अधिकारी, पूर्व शिक्षक कृष्णप्रसाद रिजाल, कृष्णमाया रिजाल र झलकप्रसाद काफ्लेलाई सम्मान गरिएको थियो ।
त्यस्तै,  विद्यालय  व्यवस्थापन समिति पूर्व अध्यक्ष किशोरकुमार पौडेल, सदस्यहरु धर्मराज लक्सम्बा, निता घतानी, लक्ष्मी घिमिरे, वीरबल राजवंशी, रिता मिश्र अधिकारी, सावित्रा ओडारी शिवाकोटी र सल्लाहकार  समितिका पूर्व संयोजक देवीप्रसाद गिरीलाई सम्मान गरिएको थियो।
त्यस्तै, अक्षयकोष दाता परिवारका तर्फबाट यज्ञकुमारी जीवनाथ उप्रेती अक्षयकोषकी दाता  खोमादेवी उप्रेती अधिकारीलाई सम्मान गरिएको थियो भने  ज्येष्ठ नागरिक आधु राजवंशीलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट शिक्षकतर्फ हरिप्रसाद भण्डारी, अञ्जना भट्टराईलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीतर्फ भीमबहादुर मंग्राती, डेबिट राई, प्रकाश निरौला, रोशन रिजाललाई सम्मान गरिएको थियो।

वार्षिकोत्सवकै अवसर पारेर विद्यालयमा स्थापना गरिएका स्व तारा प्रसाई स्मृति अक्षयकोष, बासुदेव स्मृति अक्षयकोष, कविता स्मृति अक्षयकोष , नवराज स्मृति अक्षयकोष, यज्ञकुमारी जीवनाथ उप्रेती अक्षयकोष,  दधिराम स्मृति अक्षयकोष, हरीलोचन अक्षयकोष, प्रेम गायत्रा अक्षयकोष, विष्णु लक्ष्मी स्मृति अक्षयकोष, प्रतिमा बजगाईं स्मृति अक्षयकोष, शहीद रामनाथ दाहाल स्मृति अक्षयकोष, हाम्रो गाउँ हाम्रो ठाउँ सहारा नेपाल, डोलकृष्ण  स्मृति अक्षयकोष, स्व सुवेदार खगेश्वर स्मृति अक्षयकोषबाट प्राविधिक तथा साधारण धारतर्फ  उत्कृष्ट तथा विपन्न ४० जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो।

 कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,  विद्यालय व्यवस्थापन समितिका  पूर्व अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पौडेल, चारपाने भेट्रानका अध्यक्ष माधव खरेल, यज्ञकुमारी जीवनाथ उप्रेती अक्षयकोषदाता  खोमादेवी उप्रेती अधिकारी लगायतले शुधकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गायन,  नृत्य तथा शिक्षकहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षकद्वय हेमकुमार उप्रेती र ज्ञानु न्यौपानेले गरेका थिए ।