बिर्तामोड। पराजुली समाज नेपाल झापा जिल्ला कार्यसमितिको आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
   संस्थाको रजत जयन्ती चैत २६ गतेको पूर्व सन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविरको आयोजना गरेको पराजुली समाज नेपाल झापा जिल्ला कार्यसमितिका अध्यक्ष गणेशप्रसाद पराजुलीले बताए।
   बीएण्डसी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा भएको  शिविरमा मुटु, हाडजोर्नी तथा नशा रोग, महिला तथा स्त्रीरोग सम्बन्धी परीक्षण गरिएको उनले बताए।
   पराजुली समाज नेपाल झापा जिल्ला कार्यसमितिका अध्यक्ष गणेशप्रसाद पराजुलीको अध्यक्षता तथा पराजुली समाज नेपालका केन्द्रीय सदस्य काशीनाथ पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

   कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव पर्शुराम पराजुलीले गरेका थिए।

  नि: शुल्क स्वास्थ्य शिविरमा दुई सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरीएको र  शिविरमा कुनै समस्या भए बीएण्डसी टिचिङ हस्पिटलमा ५० प्रतिशत छुटमा उपचार गराईने पराजुली समाज नेपाल झापा जिल्ला कार्यसमितिका अध्यक्ष।    गणेशप्रसाद पराजुलीले बताए।
     संस्थाको रजत जयन्ती चैत २६ गते पराजुली समाज नेपाल प्रदेश समितिको आयोजनामा  मोरङ  जिल्ला कार्यसमितिको भवनमा दीप प्रज्वलन गरिने उनले बताए।