बिर्तामोड । ५४ औं विश्व वातावरण दिवस २०२६ को अवसर पारेर ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले झापाको कनकाई -३ सुरूङ्गास्थित कनकाई सामुदायिक बनको पाथीभरा मन्दिर क्षेत्र परिसरमा बृक्षरोपण गरेको छ।
वातावरण संरक्षण तथा पाथीभरा मन्दिर परिसरमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कनकाई -३ सुरूङ्गास्थित कनकाई सामुदायिक बनको पाथीभरा मन्दिर क्षेत्र परिसरमा विभिन्न प्रजातिका एक सय भन्दा बढी बिरुवाहरू रोपिएको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना बस्नेतले बताइन् ।
ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना बस्नेतको अध्यक्षता तथा कनकाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष ख्याम ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी ओली, प्रेसिडेन्ट बस्नेत, ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरूले बृक्षरोपणमा सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागी हुँदै प्रमुख अतिथी ओलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रममा आफूसहित कनकाई सामुदायिक बन उपभोक्ता समूहकी सचिव मान्ता खरेल, कोषाध्यक्ष श्रीप्रसाद खरेल, संयोजक गोपाल सिग्देललगायत सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए।
उनले वातावरण संरक्षण, हरियाली विस्तार तथा दिगो विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए।
यस प्रकारका अभियानहरूले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी ट्रेजरर अनिता शर्माले गरेकी थिइन्।




















