बिर्तामोड। राजश्री लेडिज कर्नर बिर्तामोडको आयोजनामा दुई दिवसीय नि : शुल्क अनुहारको छाला परीक्षण सम्पन्न भएको छ।
स्किन एनालाइजर मेसिनको प्रयोगबाट अनुहारको छाला परीक्षण गरेको स्किन एक्सपोर्ट लक्ष्मी राउतले बताइन्।
नेपालमा छालाको सुरक्षामा प्रयोग हुने कस्मेटिक सामग्रीको बिक्रीवितरण गर्दै आएको जेरोनाडर्मा कम्पनिको सहयोगमा निःशुल्क अनुहारको छाला परीक्षण सञ्चालन गरिएको उनले बताइन् ।
डर्माटोलोजिस्ट स्किन केयर प्रोडक्टले अनुहारको सम्पूर्ण समस्याको उपचार गर्ने उनको भनाई छ ।
सेवाग्राहीहरूको अनुहारको छाला परीक्षण गराउँदै उनले परीक्षण गराएका व्यक्तिहरुलाई अनुहारको सुरक्षा र हेरचाहका लागि आवश्यक परामर्शसमेत दिएकी थिइन्।
स्किन एनालाइजर मेसिनको प्रयोगबाट छाला परीक्षण गराउँदा छालामा पानीको मात्रा, विभिन्न खाले दागलगायतका समस्या प्रस्टसँग देखिने हुँदा अनुहारको सौन्दर्यीकरणका लागि सहजरुपमा काम गर्न मिल्ने उनको भनाइ छ ।
नि : शुल्क अनुहारको छाला परीक्षणमा पाॅच सय भन्दा बढीको नि : शुल्क अनुहारको छाला परीक्षण गरीएको राजश्री लेडिज कर्नर बिर्तामोडका सञ्चालक राजकुमार शाहले बताए।
अनुहारमा देखिने समस्या समाधान गर्न राजश्री लेडिज कर्नर बिर्तामोडले निःशुल्क अनुहारको छाला परीक्षण गरेको उनले बताए ।
बिर्तामोड मेघा कम्प्लेक्समा सञ्चालित राजश्री लेडिज कर्नरले विगत लामो समयदेखि सौन्दर्यको क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए।




















