बिर्तामोड। झापाको बिर्तामोड ५ स्थित टावर टेम्पल स्कूलको आयोजनामा सात दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ।
  विद्यार्थीहरूलाई निर्धक्कसंग कार्यक्रम सञ्चालन गर्न सक्षम वनाउने उद्देश्यले उद्घोषण तालिम सञ्चालन गरिएको विद्यालयका निर्देशक राजीव धिमालले बताए।
  गत जेठ १४ गतेबाट सञ्चालन भएको सात दिवसीय उद्घोषण तालिममा विद्यालयका कक्षा ६,७,८,९ का १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।
  विद्यालयका प्रिन्सिपल तेजप्रसाद भट्टराईको अध्यक्षता तथा विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी कृतिका घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
  कार्यक्रममा प्रमुख अतिथी तुलसीप्रसाद निरौला, शिक्षक यामनाथ घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिममा सिकेको सीप व्यवहारमा उतार्न सहभागी विद्यार्थीहरूलाई आग्रह गरेका थिए।
  कार्यक्रममा सहभागी विद्यार्थीहरू सिम्रन ठाकुर, अनामिका मुखिया, अतिथी नेम्वाङ, अनुजा तामाङ, सोनिष्मा ढुंगाना, अनिषा भट्टराईलगायतले तालिमले आफूहरूलाई निर्धक्कसंग कार्यक्रम सञ्चालन गर्न सक्षम बनाएको बताए।
  विद्यार्थी दिहान न्यौपानेले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा विद्यार्थी पूर्णिमा शिवाकोटीले धन्यवाद ज्ञापन गरेकी थिइन्।
   कार्यक्रमको सञ्चालन विद्यार्थीहरू सोफिका भट्टराई र साम्तेन तामाङले गरेको ईसिए कोअर्डीनेटर विवेक धिमालले जानकारी दिए।