बिर्तामोड। बिर्तामोडका पुराना व्यवसायी रामाशंकर साह (रौनियार) को ७२ बर्षको उमेरमा शुक्रबार निधन भएको छ।   बिर्तामोडमा विगत ४६ बर्षदेखि ब्यापार व्यवसायमा संलग्न रामाशंकर साह (रौनियार) को दुवै मृगौला खराब भएर बिर्तासिटी हस्पिटल बिर्तामोडमा डाइलाइसिस गराइरहेका थिए।
 उनको उपचारको क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा शुक्रवार राती ८ बजे निधन भएको हो।
 स्व. रामाशंकर साह (रौनियार) का दुई जना छोरा रहेकोमा एक जनाको यस अघि नै निधन भइसकेको बताईएको छ ।

हाल उनको श्रीमती मुन्नीदेवी शाह, छोरा अमरजित साह (रौनियार) , बुहारी पुनम रौनियार, चार नातीनातिनिहरू अनमोल,अर्पिता, आर्ना, अद्रित रहेका छन्।
 उनका छोरा अमरजित साह (रौनियार) श्री छठ युवा फ्रन्टका अध्यक्ष, वीरता जेसीज का कोषाध्यक्ष , रौनियार सेवा समिति बिर्तामोडका संस्थापक कार्यसमिति सदस्य रहेका छन्।
 बिर्तामोड-४ उज्यालो एकता टोल निवासी उनीहरू बिर्तामोड भद्रपुररोडमा नेपाल ग्लास हाउस व्यवसाय सञ्चालन गरिरहेका छन्।