बिर्तामोड। बिर्तामोड स्पोर्ट्स कराँते एकाडेमीले बिभिन्न प्रतियोगिताका बिजेता कराँते खेलाडीहरूलाई सम्मान गरेको छ।
राष्ट्रपति रनिङ शील्ड झापा जिल्लास्तरीय कराँते प्रतियोगिता, दोस्रो कोशी प्रदेशस्तरीय कराँते प्रतियोगिता र पाँचौ कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराँते प्रतियोगितामा पदक प्राप्त गर्ने बिर्तामोड स्पोर्ट्स कराँते एकाडेमीमा आवद्ध कराँते खेलाडी र बिर्तामोड-५ वडाका कराँते खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको बिर्तामोड स्पोर्ट्स कराँते एकाडेमीकी सञ्चालक तथा कराँतेकी मुख्य प्रशिक्षक मिनादेवी पाठकले बताइन्।
त्यस्तै दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगितामा प्रथम हुने खेलाडीहरूलाई मायाको चिनो ट्र्याकसुट प्रदान गरिएको उनले बताइन्।
राष्ट्रपति रनिङ शील्ड झापा जिल्लास्तरीय कराँते प्रतियोगितामा दोस्रो हुने खेलाडी सुलभ ओझा, दोस्रो कोशी प्रदेशस्तरीय कराँते प्रतियोगितामा दोस्रो हुने अमन राजवंशी र निकुञ्ज पाॅचकोटी र पाँचौ कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो हुने अरूणकुमार लिम्बूलाई नगदसहित सम्मान गरिएको उनले बताइन्।
त्यस्तै दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगितामा प्रथम हुने स्वर्ण , रजत र कास्य पदक प्राप्त गर्ने २८ जना खेलाडीहरूलाई सम्मान गरिएको उनले जानकारी दिइन्।
खेलाडीहरूलाई बिजयी बनाउन कोचहरू अमन राजवंशी र अरूणकुमार लिम्बूले विशेष प्रशिक्षण प्रदान गरेको उनले बताइन्।
बिर्तामोड स्पोर्ट्स कराँते एकाडेमीकी सञ्चालक तथा कराँतेकी मुख्य प्रशिक्षक मिनादेवी पाठकको अध्यक्षता तथा बिर्तामोड-५ का बडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कराँते प्रशिक्षक मदनकुमार उप्रेतीले स्वागत मन्तव्यसहित औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा बिर्तामोड-५ बडा खेलकुद विकास समितिका अध्यक्ष रोजित गुरुङ, बिर्तामोड स्पोर्ट्स कराँते एकाडेमीका सचिव श्रीप्रसाद शिवाकोटी, कराँतेका अन्तर्राष्ट्रिय रेफ्री अञ्जीत मोहोली, राष्ट्रिय रेफ्री धिरेन ओझा, सिनियर कोचहरू मुकेश गजमेर, राजु सुब्बा, रविन श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बिजेता खेलाडीहरूलाई प्रमुख अतिथी प्रसाईंले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।




















