बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालले २७ औं वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
साहित्य चौतारी बिर्तामोड, झापा नेपालका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकार वशन्त क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्य चौतारी बिर्तामोड, झापा नेपालकी संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रम अघि नेपाल तथा भारतका स्रष्टाहरूसहित साहित्य चौतारी बिर्तामोड, झापा नेपालका पदाधिकारीहरूको सहभागितामा नौमती बाजासहित बिर्तामोड नगर परिक्रमा गरिएको थियो।   कार्यक्रममा एमिटी माध्यमिक विद्यालयका छात्रा आरध्या भट्टराई र जेनिसा गुरागाँईले रामायण वाचन गरेका थिए।
त्यस्तै सोहि कार्यक्रममा मित्र मेलवा गुरुकुल संगीत विद्यालयको पुन: शुभारम्भ गरिएको थियो। २०६१ सालमा तत्कालीन कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गायक फत्तेमान राजभण्डारीले उद्घाटन गरेको मित्र मेलवा गुरुकुल संगीत विद्यालय केही समय सञ्चालन गरी बन्द रहेकोमा नयाँ व्यवस्थापनका साथ पुन: सञ्चालन गरिएको साहित्य चौतारी बिर्तामोड, झापा नेपालका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए। उक्त विद्यालयको वरिष्ठ संगीतकार वशन्त क्षेत्री, संगीतकार चन्दन लम्जेल, महेश्वर लामा , गायिका डेजी बराइली, गायिका यसोदा पराजुली, गणेश पराजुली, डा.कमला तामाङ, अग्रज साहित्यकार थिरुप्रसाद नेपाल, प्रतिभा पौडेल लगायतले उद्घाटन गरेका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार वशन्त क्षेत्री, डा. टीका भण्डारी, चन्दन लम्जेल, यसोदा पराजुली ,गणेश पराजुलीले गीत प्रस्तुत गरेका थिए।
  मित्र मेलवा गुरुकुल संगीत विद्यालयका संगीत प्रशिक्षक धुर्व पाठकसहित विद्यार्थीहरूले राष्ट्रिय गीत प्रस्तुत गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले संस्थाको भावी लक्ष्य र योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।       संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले रामायण वाचन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले औचित्यमाथी प्रकाश पारेका थिए।
  कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले आदिकवि भानुभक्त आचार्यको जीवनी प्रस्तुत गरेका थिए।
   कार्यक्रममा भीपधज लक्ष्मी - गणेश स्मृति वर्ष संगीत पुरस्कार  गायिका डेजी बराइली  र वरिष्ठ संगीतकार चन्दन लम्जेल , भीपधज भानु- माधव वर्ष साहित्य अभिनन्दन भारत दार्जीलिङ मिरिककी श्रष्टा डा. कमला तामाङ,  भीपधज जेवी - मदन स्मृति  विशिष्ठ संगीत पुरस्कार काठमाण्डौ निवासी वरिष्ठ गायिका यशोदा पराजुली, गणेश पराजुली, भीपधज डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार पूर्वाञ्चल दैनिकका अनलाइन संयोजक नरेन्द्र ढकाललाई प्रदान गरिएको थियो।
  उनीहरूको सम्मान पत्र साहित्यकार लीला अनमोल, भानुभक्त कुभेण्डेली, तुलसीप्रसाद निरौलाले बाचन गरेका थिए।
   कार्यक्रममा अन्तराष्ट्रिय वर्ष वक्ता भारत सिक्किम निवासी श्रष्टा थिरुप्रसाद नेपाल, राष्ट्रिय बर्ष बक्ता  ईलाम निवासी साहित्यकार प्रतिभा पौडेल, प्रवासी समन्वय वक्ता भारतको दार्जीलिङ मिरिक निवासी डा. कमला तामाङले कार्यपत्रसहित प्रस्तुती दिएका थिए।
  आर्ट स्टुडियो नौमती बाजा महिला समूहले बालन प्रस्तुत गरेको कार्यक्रममा संस्थापक सल्लाहकार यज्ञराज प्रसाईंको कृति उत्तरार्द्धको थुम्कीबाट विमोचन गरिएको थियो। उक्त कृतिको कृतिकार प्रसाई र समिक्षा साहित्यकार चुडामणि वशिष्ठले गरेका थिए।
  कार्यक्रममा गजलकार विवशवलिभद्र कोइराला , लक्ष्मीअच्युत ढुङ्गानालगायतले रचना बाचन गरेका थिए।
   कार्यक्रममा गायक गायिकाहरू चन्दन लम्जेल, डेजी बराइली, गणेश पराजुली, यसोदा पराजुली , महेश्वर लामाले गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। प्रमुख अतिथी वशन्त क्षेत्रीले मन्तव्यसहित चलचित्र परालको आगोको गीत धेरै चुलबुल नगर बैनी नृत्याङ्गाना चन्द्रकला क्षेत्रीसहितलाई नचाएका थिए।
  कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापा नेपालका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।