बिर्तामोड। झापाको सुरूङ्गामा स्मारिका कलेक्सन सञ्चालनमा आएको छ।
कनकाई-३ सुरूङ्गाका युवा व्यवसायी सन्तोष रायामाझीले कनकाई-३ सुरूङ्गा झापारोडमा सोमबारबाट स्मारिका कलेक्सन सञ्चालनमा ल्याएका हुन्।
वैदेशिक रोजगारको शिलशिलामा कतारमा लामो समयसम्म रहेर झापा सुरूङ्गा फर्किएर विगत १० बर्षदेखि व्यापार व्यवसायमा संलग्न रायामाझीले पुन: व्यापार व्यवसायलाई अघि बढाएका हुन्।
स्मारिका कलेक्सनको कनकाई नगरपालिकाकी नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाली काँग्रेस कनकाई सभापति दुर्गाप्रसाद प्रसाईं, सचिव दीपक खतिवडा, वडा नं ८ सभापति लक्ष्मणज्वयल श्रेष्ठ, नेपाल दलित संघका केन्द्रीय सदस्य हर्क लुहागुन , कनकाई क्याम्पस सुरुङ्गा व्यवस्थापन समिति अध्यक्ष प्रकाश चुडाललगायतले उद्घाटन गरेका थिए।
२५ लाख रूपैयाँको लागतमा सञ्चालनमा ल्याएको स्मारिका कलेक्सनमा दैनिक उपभोग्य सामाग्री र ईलेक्ट्रोनिक्स सामाग्री सरल मूल्यमा उपलब्ध हुने सञ्चालक सन्तोष रायामाझीले बताए।
यो महिनाभर उद्घाटन अफर रहने र उद्घाटनको अवसरमा २० प्रतिशत छुटको व्यवस्था रहने सञ्चालक रायामाझीले बताए।
सबै प्रकारका सामाग्री स्मारिका कलेक्सनमा उपलब्ध गरिएकाले यसले आफूहरूलाई चाहिने सामाग्री खोज्न अन्यत्र जानुपर्ने झन्झटबाट मुक्ति मिलेको ग्राहकहरू बताउँछन्।




















