बिर्तामोड। बहुभाषिक साहित्य संगीत कलाकेन्द्रको प्रस्तुती नेपाली जनचेतनामुलक लघुचलचित्र आशाको किरणको शुभमूर्हत गरिएको छ।
समाजमा घटेका विकृति विसंगतिलाई यथार्थ रूपमा प्रस्तुत गरिने लघुचलचित्र आशाको किरणले पारिवारिक पीडा र संघर्षलाई चित्रण गरेको लघुचलचित्र आशाको किरणका कथा पटकथा निर्देशक जितेन्द्र श्रेष्ठ (जतिन)ले बताए।
बहुभाषिक साहित्य संगीत कलाकेन्द्रका अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेलले २०७६ सालमा स्थापना भएको बहुभाषिक साहित्य संगीत कलाकेन्द्रले बिभिन्न साहित्यिक कार्यक्रम गरेको बताउँदै समाजमा घटीरहेका विकृति विसंगतिका घटनाहरूलाई जनचेतनामुलक ढंगले प्रस्तुत गर्न लघुचलचित्र आशाको किरण निर्माण गर्न लागेको जनाए।
कथा पटकथा निर्देशन जितेन्द्र श्रेष्ठ (जतिन) को रहेको लघुचलचित्र आशाको किरणका कलाकारहरूमा कुमार अनुरागी, सिम्रन आचार्य, अनिसा न्यौपाने, सञ्जय शिवाकोटी, ताराप्रकाश भट्टराई, डीगबहादुर लिम्बू, लक्ष्मी मिश्र, पूर्ण सुनुवार रहेका छन्।
तीलक रिजालको सम्पादन रहेको लघुचलचित्र आशाको किरणमा छायाङ्कन हरी चौधरीको रहेको छ।
लघुचलचित्र आशाको किरण निर्माण सल्लाहकार संयोजक बहुभाषिक साहित्य संगीत कलाकेन्द्रका अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेल, सदस्यहरूमा सल्लाहकार संयोजक सत्यनारायण तायल र लक्ष्मी मिश्र रहेका छन्।
लघुचलचित्र आशाको किरण निर्माण संयोजकमा जितेन्द्र श्रेष्ठ (जतिन) , सह संयोजक कुमार अनुरागी, आर्थिक संयोजक डीगबहादुर लिम्बू, सहसंयोजक हरिप्रसाद गौतम, निर्माण व्यवस्थापक निरज पोखरेल, सह व्यवस्थापक मिलन श्रेष्ठ, यातायात व्यवस्थापक सञ्जय शिवाकोटी, सदस्यहरू सिम्रन आचार्य र अनिसा न्यौपाने रहेका छन्। आगामी साउन २८ गतेदेखि लघुचलचित्र आशाको किरणको छायाङ्कन गरीने निर्देशक जितेन्द्र श्रेष्ठ (जतिन)ले बताए।




















