बिर्तामोड। धुलावारीकी जमुना राजवंशीले  बिर्तामोडको पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा सामान किन्दा ५० हजार रुपैयाँ उपहार प्राप्त गरेकी छन् ।
  पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सले गत जेठ ३० गतेदेखि असार ३२ गतेसम्म  तीन हजार रूपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्की ड्र गर्दा धुलावारीकी राजवंशीले ५० हजार रुपैयाँ उपहार प्राप्त गरेको पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका सञ्चालक भेषराज दाहालले बताए ।
  त्यस्तै सोही लक्की ड्रमार्फत दोस्रो पुरस्कार कन्काई ६ का रितेश गौतमले ३० हजार रुपैयाँ, तेस्रो पुरस्कार बिर्तामोडका बिनोद मिन्त्रीले २० हजार रुपैयाँ उपहार प्राप्त गरेको सञ्चालक दाहालले बताए ।
   त्यस्तै लक्की ड्रमार्फत दिलकुमार राजवंशी, बिना खत्री,सागर दर्नाल, सुशीला लिम्बू, प्रतिमा, रेनुका ढकाल, भावना भुजेल, युधिर गिरी, दीपक राई, रक्षा दुलाल, कृष्ण तामाङ, काव्या चाम्लिङ, सुस्मिता राई, छविलाल राजवंशी, उष्णवी मैनाली, अनु धिमाल, प्रशंसा सिवा, गंगु क्षेत्री, सुमनकुमार तिम्सिना र विष्णु पौडेलले सान्त्वनास्वरुप पाँच हजार रुपैयाँ उपहार प्राप्त गरेको सञ्चालक दाहालले बताए ।
    गत जेठ ३० गतेदेखि बिर्तामोडको  अतिथि सदन नजिक पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएर वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराएको सञ्चालक दाहालले बताए ।
   पछिल्लो समय पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सले  ग्राहकको ध्यान तान्दै गएको बताउँदै उनले  ग्राहकको सुविधालाई मध्यनजर गरेर पीके हब डिपार्टमेन्ट स्टोरबाट  मन्त्र क्लोथ्स र  मन्त्र क्लोथ्सबाट पीके हब डिपार्टमेन्ट स्टोर जान आउन अटो तथा सिटीसफारीको व्यवस्था गरिएको जानकारी दिए।
  एकपटक पिके अब डिपार्टमेन्ट स्टोर र मन्त्र क्लोथ्समा आएर  आफूलाई चाहिने सामग्री खरिद गर्न  उनले सबैलाई आग्रह गरे ।