बिर्तामोड। इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आठौं पद हस्तान्तरण गरिएको छ ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२६ /०२७ की प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेलाई इनरह्वील क्लब डिस्ट्रिक चेयरमेन डा. सृष्टी श्रेष्ठ प्रजापतिले कलर, इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२५ / ०२६ की प्रेसिडेन्ट लुना बस्नेतले गंग र ग्यावल र चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले चाटर्ड सर्टिफिकेट प्रदान गरेका थिए।
कार्यक्रममा पद हस्तान्तरण गर्दै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२५ / ०२६ की प्रेसिडेन्ट लुना बस्नेतले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा श्रव्यदृश्य मार्फत जानकारी गराएकी थिइन्। त्यस्तै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कार्यसमिति र अन्य सहयोगीलाई मायाको चिनो प्रदान गरेकी थिइन्। उनले इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२६ /०२७ की प्रेसिडेन्ट रिजु क्षेत्रीलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिएकी थिइन् ।
कार्यक्रममा पदभार ग्रहण गर्दै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२६ /०२७ की प्रेसिडेन्ट रिजु क्षेत्रीले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र शिक्षा , स्वास्थ्य , वातावरणका क्षेत्रमा प्रभावयुक्त काम गर्ने योजना अघि सारेको वताइन् ।
उनले महिला शशक्तिकरण , वातावरण संरक्षण , वालवालिकाको शिक्षा स्वास्थ्य, फोहोर व्यवस्थापन , मानसिक स्वास्थ्य सचेतना, एक सदस्य एक विरुवा रोपण अभियान, निःशुल्क स्वास्थ्य शिविर, पोषण सम्वन्धी सचेतना, वालवालिकाका लागी नि शुल्क छात्रवृत्ति, नेत्रहिन विद्यार्थीका लागी आवश्यक सामग्री वितरण लगायतका समाज रूपान्तरणमा सहयोग हुने कार्यक्रम गरिने बताइन् ।
उनले इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको वर्ष २०२६ /०२७ को वोर्डको घोषणा समेत गरेकी थिइन् । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा लुना वस्नेत , भाइस प्रेसिडेन्ट कमला पौडेल , सेक्रेटरी अनिता शर्मा , ट्रेजरर रेखा अग्रवाल , आईएसओ निशा गिरी टीका, इडिटर सृजना थापा, सव इडिटर मुनमुन अग्रवाल रहेका छन् ।
त्यस्तै एग्जुकेटीभ मेम्वरहरुमा बर्षा राजभण्डारी, अपेक्षा कार्की, रेणु गोयल, सुनिता खरेल,सपना मैनाली, रिचा अग्रवाल मंगल,अञ्जु अग्रवाल वंशल र न्यु मेम्वरहरुमा सृजना मैनाली, अनुस्का तिवारी, प्रमिला अग्रवाल रहेका छन्।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२६ / ०२७ की प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेको अध्यक्षता तथा इनरह्वील क्लब अफ नेपाल डिस्ट्रिक चेयरमेन डा. सृष्टी श्रेष्ठ प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट रेणु बंशलले स्वागत मन्तव्य राखेकी थिइन् ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी इडिटर सृजना थापाले इनरह्वील प्रेयर वाचन गरेको कार्यक्रममा डिस्ट्रिक चेयरमेन डा. सृष्टी श्रेष्ठ प्रजापति, इनरह्वील डिस्ट्रिक सेक्रेटरी मञ्जु शाक्य , इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, डिस्ट्रिक मेम्वरसिप कोचेयर शुभ कुमाइ पाठक , जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख वसुन्धरा खड्काले शुभकामना मन्तव्य राख्दै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२६ \२०२७ को प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
ऋषिका पाण्डेले कविता वाचन गरेको कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट कमला पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन्। इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२५ / ०२६ की प्रेसिडेन्ट लुना बस्नेतका प्रथम पुरुष सजेश शिवाकोटी र इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२६ /०२७ की प्रेसिडेन्ट रिजु क्षेत्रीका प्रथम पुरुष जीपी पाण्डेबीच मायाको चिनो साटासाट गरेको कार्यक्रमको सञ्चालन इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी सेक्रेटरी अनिता शर्माले गरेकी थिइन् ।




















