बिर्तामोड। रोटरी क्लब अफ मेचीनगरले
मेचीनगर नगरपालिका वडा नम्बर १० आम्दा अस्पताल अगाडी खुल्ला व्यायामशाला परिसरमा बृक्षरोपण गरेको छ।
  रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट दिनेश शाक्यको अध्यक्षता तथा मेचीनगर नगरपालिका वडा नम्बर १० का बडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भएको थियो।
   कार्यक्रममा बडाध्यक्ष खनाल, खुल्ला ब्यायामशाला ब्यवस्थापन समितिका अध्यक्ष नरेश खडका, रोटरी क्लब अफ मेचीनगरका चार्टर्ड प्रेसिडेन्ट किशोर क्षेत्री कपिल, पास्ट प्रेसिडेन्ट कमलप्रसाद कोईराला , प्रेसिडेन्ट  इलेक्ट भूमी पौडेल, भाइस प्रेसिडेन्ट धुर्ब ओलि, नयन बरालसहित क्लबका पदाधिकारी र स्थानीयले एक सय भन्दा बढी बिभिन्न प्रजातिका बिरूवा रोपेका थिए।
  कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरका प्रेसिडेन्ट दिनेश शाक्यले  रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानले गत  जुलाई २६ तारिखदेखि अगस्ट १ तारिखसम्म  देशभर एक लाख विरूवा रोप्न साप्ताहिक बृक्षरोपण कार्यक्रम  अन्तरगत रोटरी क्लब अफ मेचीनगरले बृक्षरोपण कार्यक्रम गरेको बताए।

  कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सेक्रेटरी निरज श्रेष्ठले गरेका थिए।