बिर्तामोड। कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले  खिर दिवसको अवसरमा अनुदानको सम्प्रे ट्याङ्की  बितरण गरेको छ।
  कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष निरजकुमार ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिकी सदस्य पार्वता बजगाईंले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
  कार्यक्रममा प्रमुख अतिथी महतारा, राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दिपक दाहाल,  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष  राजु न्यौपाने , कृषि बजार व्यवस्थापन समितिका सदस्य तथा किसान पूर्णबहादुर खड्कालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र रहेका आठ वटा पालिका  बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका , अर्जुनधारा  नगरपालिका ,  मेचीनगर नगरपालिका ,  भद्रपुर नगरपालिका , हल्दीबारी गाउँपालिका , बुद्धशान्ती  गाउँपालिका र बाह्दशी गाउँपालिकाका  किसानलाई        सम्प्रे ट्याङ्की  बितरण गरिएको संस्थाका अध्यक्ष  निरज ओलीले बताए।उनले कृषि उत्पादनको प्रवर्द्धन र नेपाली मौलिक संस्कृतिको संरक्षणका लागी कृषि बजार व्यवस्थापन समितिले खीर दिवस समेत  मनाएको बताए।

कार्यक्रमका प्रमुख अतिथी महतारासहितका अतिथिहरू , कृषि बजारका  किसान, व्यवसायीलगायत सहभागी सबैलाई खीर समेत खुवाइएको थियो। 

कार्यक्रमको सञ्चालन कृषि बजार व्यवस्थापन समितिका सदस्य खगेन्द्र महतोले गरेका थिए।