बिर्तामोड। श्रीवैष्णव परिषद नेपाल जिल्ला शाखा झापाको अध्यक्षमा लक्ष्मण ढुंगाना चयन भएका छन्। नवगठित समितिको उपाध्यक्ष नारायण खतिवडा सचिव खगेन्द्र निरौला, सहसचिव गोपालचन्द्र मिश्र ,कोषाध्यक्ष भुवनेश्वरी रिसाल रहेका छन्।
त्यस्तै सदस्यहरूमा वेणुमाधव रिसाल, धर्मप्रसाद तिम्सिना, जीवन रिजाल, मधुसूदन पौडेल, टीका बाँस्कोटा, माधवी तिम्सिना खनाल रहेका छन्।
त्यस्तै श्रीवैष्णव महिला परिषद नेपाल जिल्ला शाखा झापाको अध्यक्षमा जानुका ढकाल चयन भएकी छिन् । नवगठित समितिको उपाध्यक्ष लता तिम्सिना, सचिव गंगा दाहाल, सहसचिव माधवी तिम्सिना, कोषाध्यक्ष टीका बाँस्कोटा रहेका छन्। त्यस्तै सदस्यहरूमा सिता खनाल, धनकुमारी भण्डारी, देवका भण्डारी,राधा रिजाल, दुर्गा खतिवडा, धर्मकुमारी पौडेल रहेका छन्।
त्यस्तै श्रीवैष्णव महिला परिषद नेपाल शाखा झापा बुद्धशान्ती नगर समितिमा अनिता पौडेल, सिता बराल, ईन्दिरा दाहाल,जानुका पोखरेल, निर्मला भण्डारी,मेनुका चापागाई, मुना खनाल, सिता सुवेदी ,हिता खतिवडा, जयन्ती नेपाल रहेका छन्।
निर्वाचन समितिको संयोजक श्रीवैष्णव परिषद नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक मोहनप्रसाद रिजाल, स्वामी खगेन्द्राचार्य र हरिनारायण बाँस्कोटा सदस्य रहेको निर्वाचन समितिले कार्यसमिति गठन गरेको थियो।
श्रीवैष्णव परिषद नेपाल शाखा झापा तथा श्रीवैष्णव महिला परिषद नेपाल शाखा झापाको संयुक्त जिल्ला अधिवेशनले उक्त समिति गठन गरेको हो।
श्रीवैष्णव परिषद नेपाल शाखा झापाका अध्यक्ष कृष्णप्रसाद मिश्रको अध्यक्षता तथा अनन्तश्री विभूषित १००८ स्वामी केशवाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा श्रीवैष्णव महिला परिषद नेपालकी केन्द्रीय सदस्य भागीरथा खतिवडा,श्रीवैष्णव परिषद नेपाल शाखा ईलाम अध्यक्ष जगदीश घिमिरे,अनन्तादर्श संस्कृत विद्यालय माईधारका प्राचार्य उद्धव वाँस्कोटालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा श्रीडम्बरूवल्लभ स्मृति छात्रवृत्ति कोषको ब्याजबाट सरस्वती कन्या गुरुकुलम् माईधारकी छात्रा ईशा चौहान र सप्तश्री गुरुकुल संस्कृत वेदविद्याश्रमका छात्र मनिष तिम्सिनालाई जनही नगद पाँच हजार एक सय पाँच सहित छात्रवृत्ति प्रदान गरिएको थियो।
श्रीवैष्णव परिषद नेपाल शाखा झापाका अध्यक्ष कृष्णप्रसाद मिश्रले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष उर्मिला ढकाल पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यस्तै श्रीवैष्णव महिला परिषद नेपाल शाखा झापाको बार्षिक प्रतिवेदन अध्यक्ष माधवी भण्डारी र सचिव गंगादेवी नेपालले प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन श्रीवैष्णव परिषद नेपाल शाखा झापा सचिव पराशर दाहाल र सहसचिव वासुदेव खनालले गरेका थिए।




















