बिर्तामोड । झापाको बाह्दशी –६ कञ्चनगढ एजुकेशन फाउण्डेशन अन्तर्गत कञ्चनगढ बाल क्लबको अध्यक्षमा खुशी श्रेष्ठ चयन भएकी छिन् ।
कञ्चनगढ एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीहरुको भेलाले कक्षा- १० की छात्रा श्रेष्ठको अध्यक्षतामा कञ्चनगढ बालक्लब गठन गरेको हो ।
नवगठित बाल क्लबको उपाध्यक्षमा आयुस बस्नेत , महिला उपाध्यक्षमा अञ्जुम लिम्बू, सचिबमा विपल अधिकारी , सहसचिवमा रश्मी कडेल र कोषाध्यक्षमा कुशलता लिम्बू रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कञ्चन भट्टराई, रश्मी राई , एञ्जल लिम्बू , सुप्रिम भेटवाल, कोशिश प्रसाई , सुस्केरा योङहाङ , अनिस तामाङ, समीप भेटवाल, गुञ्जन तामाङ , सन्जुहाङ लिम्बु, सिम्रन तामाङ , सिम्रिका तामाङ, सुस्केरा लिम्बू , सगुन राई , सामना तामाङ, युनिसा भेटवाल, अर्पण श्रेष्ठ, प्रिन्सिका राई, दिप्सिना विक, देव मूर्मू रहेका छन् ।
त्यस्तै कञ्चनगढ बाल क्लबको संरक्षकमा विद्यालयका संस्थापक जीवन पनेरु रहेका छन् ।
फोकल पर्सनमा शिक्षक राजकुमार दाहाल रहेका छन् भने सल्लाहकारहरूमा शिक्षकहरू धीरज पनेरु र ईन्द्र सिटौला रहेका छन् ।
कञ्चनगढ बाल क्लबकी निवर्तमान उपाध्यक्ष खुशी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजकुमार दाहालले बालक्लब गठन बारे जानकारी गराउँदै कञ्चनगढ बाल क्लबका पदाधिकारीहरूको नाम घोषणा गरेका थिए।
कञ्चनगढ बाल क्लबका नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई विद्यालयकी संस्थापिका मञ्जु पनेरू, विद्यालयका उद्घोषण शिक्षक तथा विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, शिक्षकहरू राजकुमार दाहाल , धीरज पनेरु , ईन्द्र सिटौला लगायतले अबीर लगाएर कार्यसफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको सहजीकरण विद्यालयका उद्घोषण शिक्षक तथा विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।




















