बिर्तामोड।  झापा बिर्तामोड -२ चारपाने रामचौकमा हृवाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी सञ्चालनमा आएको छ।
  ह्वाइट एजुकेशन फाउण्डेशन अन्तर्गत काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त हृवाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजीले बिर्तामोड -२ चारपाने रामचौकमा निधी कलेजको परिसरमा बेच्लर अफ ईन्फरमेशन टेक्नोलोजी बीआईटी र बेच्लर अफ टेक्निकल एजुकेशन इन ईन्फरमेशन टेक्नोलोजी बीटेकइडीआईटी कक्षा सञ्चालन गर्न लागिएको निधी कलेजका क्याम्पस प्रमुख रञ्जित शाहले बताए।
 झापामा उत्कृष्ट ईञ्जीनियर, आईटी विज्ञ, उधमी, अनुसन्धानकर्ता उत्पादन गर्ने उदेश्यले बिर्तामोड -२ चारपाने रामचौकमा हृवाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी सञ्चालनमा ल्याएको ह्वाइट एजुकेशन फाउण्डेशनका अध्यक्ष युवराज शर्माले बताए। उनले पहिलो बर्षमा ६० जना विधार्थीहरु पढाउने र त्यसमा १० जना सामुदायिक विद्यालयका विद्यार्थीहरू रहने बताए। सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विशेष छुट दिइने बताउँदै उनले अन्य बिद्यार्थीहरुलाई शैक्षिक ऋण समेत उपलब्ध गराउने उनको भनाई छ। हृवाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी सञ्चालनको अवसरमा शनिबार हृवाइटहाउस रन फेस्ट आयोजना गरिएको आदर्श स्कुल अफ म्यानेजमेन्टका निर्देशक सञ्जोग खरेलले बताए।

  शनिबार बिहान निधी कलेज रामचौकबाट शुरू भएर मुक्तिचोक हुँदै पुनः निधी कलेजमा समापन हुने हृवाइटहाउस रन फेस्टका संयोजक आयुस अग्रवालले बताए।

ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले ‘रन फेस्ट’ र ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गरिएको  बताउँदै उनले  स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले   ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ आयोजना गरिएको जनाए।  बिर्तामोडबासी, विद्यार्थी, अभिभावक, युवा तथा खेलप्रेमीहरु सहभागी हुने ह्वाइट हाउस रन फेस्टका संयोजक अग्रवालले जानकारी दिए । बिर्तामोड रन क्लबका अध्यक्ष समेत रहेका अग्रवालले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिँदै रन फेस्टको आयोजना गरिएको बताए।
  ह्वाइट एजुकेशन फाउण्डेशनका अध्यक्ष युवराज शर्माले विगत तीन दशकदेखि नेपालको शिक्षाक्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षा प्रवाहमा योगदान दिँदै आएको उल्लेख गर्दै पूर्वी नेपालमा पनि उत्कृष्ट उच्च शिक्षाको नयाँ अध्याय शुरु गरिएको बताए।
   विद्यार्थीलाई डिग्रीसँगै सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (एआई) तथा विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्यका साथ कलेज बिर्तामोडमा सञ्चालनमा ल्याइएको उनको भनाई छ।
  त्यस्तै, कलेजमा तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ‘ह्याकाथन’मा देशभरबाट १४० भन्दा बढी विद्यार्थीको सहभागी रहेको कलेजका क्याम्पस प्रमुख रञ्जित साहले जानकारी दिए ।
  प्रतिस्पर्धामा उत्कृष्ट हुने प्रथम टोलीलाई ५० हजार रुपैयाँ र द्वितीय टोलीलाई २० हजार रुपैयाँ पुरस्कारसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिने तथा सहभागी सबै टोलीलाई पनि सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने उनको भनाई छ ।
  प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गरिने उनले बताए।