बिर्तामोड । अरनिको टोल विकास संस्था बिर्तामोड-१ झापाको अध्यक्षमा डिल्लीप्रसाद प्रसाईं चयन भएका छन्।
अरनिको टोल विकास संस्था बिर्तामोड-१ झापाको तेस्रो अधिवेशनले प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्ष खड्गकुमारी भट्टराई सुष्मा, सचिव डिल्लीराम न्यौपाने ,कोषाध्यक्ष प्रमिला बस्नेत रहेका छन्।
त्यस्तै सदस्यहरूमा दुर्गाप्रसाद तिम्सिना, रीता लिम्बू, मेनुका चम्लागाई, देवीप्रसाद पौडेल,श्रीमाया धिमाल, शर्मिला गुरुङ, कला घिमिरे रहेका छन्।
संस्थाकी अध्यक्ष तीलरूपा श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड-१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य डिल्लीप्रसाद प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी पाण्डे, संस्थापक अध्यक्ष पदम अधिकारी, बिर्तामोड-१ का निवर्तमान सदस्य प्रेमप्रसाद खरेललगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा अध्यक्ष तीलरूपा श्रेष्ठले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव टेकनाथ पाण्डेले गरेका थिए।




















