बिर्तामोड । टिभिएस मोटर कम्पनीको   टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर बिर्तामोडको पाथीभरा अटोलिंक टिभिएस सोरूममा सार्वजनिक गरिएको छ।
   पाथीभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष मिजास पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाथीभरा अटोलिंककी म्यानेजिङ डाइरेक्टर लुना बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
   कार्यक्रममा  प्रमुख अतिथि पोखरेल, पाथीभरा अटोलिंकका सञ्चालकहरू सजेश शिवाकोटी, हेम खड्का, याम कार्कीलगायतले टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटरको लञ्च गरेका थिए।
   जगदम्बा मोटर्समार्फत बिक्री हुने टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर सहरी यात्रालाई लक्षित गर्दै स्मार्ट प्रविधि, दिगो गतिशीलता र आधुनिक सुविधासहित बजारमा ल्याइएको कम्पनीका रिजनल म्यानेजर अर्जुन खनालले बताए।
  टिभिएस अर्बिटरले १५८ किलोमिटर आईडीसी रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको ठूलो बुट स्पेस तथा उन्नत कनेक्टेड सुविधा प्रदान गर्ने उनको भनाई छ। यसमा उद्योगमै पहिलोपटक प्रयोग गरिएको १४ इन्चको अगाडिको पाङ्ग्रा रहेको छ, जसले स्थिरता, आराम र नियन्त्रणमा सुधार ल्याउने कम्पनीको दाबी छ।
   टिभिएस अर्बिटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको  यसको उन्नत वायुगतिकीय डिजाइनले ऊर्जा दक्षता बढाउँदै लामो दूरीको यात्रा सम्भव बनाउने कम्पनीले जनाएको छ।
  स्कुटरमा मोबाइल एप कनेक्टिभिटी, भाइजरसहितको अगाडिको एलईडी हेडलाइट, कलर एलसीडी डिस्प्ले, फोन कल तथा सन्देश सूचना, टर्न–बाइ–टर्न नेभिगेसन, ओटीए अपडेट, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना सूचना, लाइभ लोकेसन ट्र्याकिङ लगायतका स्मार्ट सुविधा समावेश छन्।
   टिभिएस अर्बिटरको डिजाइन आधुनिक, आकर्षक र उपयोगितामूलक रहेको र यसमा ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट, २९० मिलिमिटरको सिधा फुटबोर्ड तथा दुईवटा हेल्मेट राख्न मिल्ने ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध छ।
   विश्वभर स्वच्छ यातायातका विकल्पतर्फ परिवर्तन भइरहेको अवस्थामा ग्राहकको आवश्यकता पूरा गर्ने नवीनतम समाधान उपलब्ध गराउन  टिभिएस अर्बिटर बजारमा ल्याएको उनको भनाई छ।
  कार्यक्रमका प्रमुख अतिथि  पोखरेलले  नेपाली सडक तथा भौगोलिक अवस्थामा  टिभिएस अर्बिटर उपयोगी हुने बताए।  टिभिएस अर्बिटरले नेपाली ग्राहकलाई आरामदायी, भरपर्दो र आधुनिक विद्युतीय यात्रा अनुभव प्रदान गर्ने उनले विश्वास व्यक्त गरे। कम्पनीका रिजनल म्यानेजर अर्जुन खनालले टिभिएस आईक्युबको सफलतापछि टिभिएस अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने बताए।
   उनका अनुसार देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद र स्वामित्व अनुभव प्रदान गरिने उनको भनाई छ।
टिभिएस अर्बिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन आकर्षक रङमा उपलब्ध हुने बताउँदै उनले टिभिएस अर्बिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकेको  जनाए।
  उनले दक्षता र नियन्त्रणका लागि निर्माण गरिएको ३.१ किलोवाट–घण्टा ब्याट्रीसहितको टिभिएस अर्बिटरले १५८ किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्ने र  १४ इन्चको अगाडिको पाङ्ग्रा र गतिशील पछाडिको संरचनाले सहरी यात्रामा राम्रो पकड, सन्तुलन र सहज नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसको ठाडो एर्गोनोमिक ह्यान्डलबारले आरामदायी बसाइ र सजिलो नियन्त्रण सुनिश्चित गर्छ।
  टिभिएस अर्बिटरमा दुर्घटना, स्कुटर ढलेको, चोरी तथा स्थानसम्बन्धी सूचना प्रणाली मोबाइल एपमार्फत ब्याट्री अवस्था र ओडोमिटर जाँच गर्ने सुविधा,स्मार्ट नेभिगेसन प्रणाली,एलसीडी डिस्प्लेमा कल, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट ,सफ्टवेयर अद्यावधिक गर्ने ओटीए सुविधा,इको र पावर गरी दुईवटा राइडिङ मोड,नियोन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर रङमा उपलब्ध टिभिएस अर्बिटरले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।          कम्पनिका रिजनल म्यानेजर अर्जुन खनालले गरेका थिए।