बिर्तामोड। वीरता जेसीजले जेसीज सप्ताह शुरू गरेको छ ।
नेपाल जेसीजको ६२ औं स्थापना दिवसको अवसर पारेर वीरता जेसीजको सप्ताह अन्तर्गत जेसीआई मिसन भिजन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठको अध्यक्षता तथा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरता जुनियर जेसीजका कानूनी सल्लाहकार तथा कार्यक्रम संयोजक निश्चल बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
वीरता जेसीजका कानूनी सल्लाहकार प्रभात मास्केले आस्था बाचन गरेको कार्यक्रममा वीरता जुनियर जेसीजका अध्यक्ष साहिल ढकालले जेसीआई मिसन भिजन बाचन गरेका थिए।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, सिनेटर घनश्याम चौधरी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष कुमारसिंह साँवाले जेसीआई मिसन भिजनको बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुवास तिखत्रीले गरेका थिए।
वीरता जेसीजको जेसीज सप्ताह अन्तर्गत शुक्रबार दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गरिने वीरता जेसीजको जेसीज सप्ताह मूल समिति संयोजक अमरजीत रौनियारले जानकारी दिए।




















