बिर्तामोड  पूर्वेली ढुवानी सेवा प्रालिको आयोजनामा विश्वकर्मा पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ।
   पूर्वेली ढुवानी सेवा प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षता तथा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वेली ढुवानी सेवा प्रालिका अध्यक्ष निर्मलराज खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, मेची ट्रान्सपोर्ट एशोसिएसन झापाका उपाध्यक्ष देवराज तामाङ लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक दिनेश खत्रीले चालकहरूलाई ट्राफिक सचेतना प्रदान गरेका थिए।
   कार्यक्रममा पूर्वेली ढुवानी सेवा प्रालिले वोनम्यारोबाट ग्रसित वालक साइमन हस्ताको उपचारका लागी ११ हजार रूपैयाँ प्रदान गरेको थियो। संस्थाका संरक्षक छत्रबहादुर खत्रीले प्रदान गरेको उक्त रकम टीकाराम हस्दाले ग्रहण गरेका थिए।
   कार्यक्रममा स्टाफ ईमरजेन्सी फण्डको बारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जानकारी गराएका थिए।
   कार्यक्रममा कम्पनि स्थापनादेखि हालसम्म सेवा गर्ने सवारी  चालक सुवास प्रसाईलाई   नगद २१ हजारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट सवारी चालकको रूपमा नरेश मगर ३१  हजारसहित सम्मान गरिएको थियो।

  त्यस्तै कम्पनिमा लामो समयदेखि कार्य गर्ने सहचालक सुजन हेम्ब्यालाई नगद ५ हजारसहित सम्मान गरिएको थियो।
   सोही कार्यक्रमकाबिच झापामा २०३५ सालदेखि ट्रक चालकको रूपमा सेवा पुर्याउन सफल तेजप्रसाद कडरियालाई नगद११ हजार र दोसल्ला ओडाएर सम्मान गरिएको पूर्वेली ढुवानी सेवा प्रालिकी सञ्चालक रेनुका लिम्बूले जानकारी दिइन्।
   कार्यक्रममा मेची ट्रान्सपोर्ट एशोसिएसन झापाका सचिव पदम श्रेष्ठले पुरस्कृत सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए।
   कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए।